ताजा अपडेट »

निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे: झलनाथ

विहीबार, १२ जेठ २०७९, १६ : ०१
12 Shares

काठमाडौं । एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण भएको बताएका छन् । 

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित ढंगबाट सम्पन्न भएको बताए । 

प्रतिपक्षी दल एमालेले निर्वाचन धाँधलीपूर्ण रहेको आरोप लगाइरहेका बेला पूर्वप्रधानमन्त्री खनालले शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित ढंगबाट चुनाव सम्पन्न भएको दाबी गरेका हुन् ।  एकाध स्थानमा भएका घटना सामान्य रहेको र यसको समीक्षा गर्नुपर्ने उनको भनाइ छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।