ताजा अपडेट »

शुक्रबारबाट क्यूएफएक्ससहित देशभरका हलमा ‘कबड्डी-४’

विहीबार, १२ जेठ २०७९, १५ : ४७
2 Shares

बुटवल । ‘कबड्डी ४ः द फाइनल म्याच’ शुक्रबारदेखि क्यूएफएक्ससहित देशभरका हलमा प्रर्दशनमा आउँदै छ । यस अघि बैशाख ३० गते प्रर्दशनको मिति तय भएको स्थानीय निर्वाचनको कारण जेठ १३ गतेका लागि तोकिएको हो।

कबड्डी ४ फिल्ममा धेरै दर्शकले मन पराएको र उत्साहा रहेकाले प्रर्दशनको पहिलो दिन भोलि ९ वटा हाउसफूल शो सञ्चालन गर्न लागिएको क्यूएफएक्स बुटवलका म्यानेजर महेश्वर गिरीले बताए । ‘कबड्डी ४ मा दर्शकको हामीले राम्रै सहयोग पाउने अपेक्षा गरेका छौँ ।’ म्यानेजर गिरीले भने ‘दर्शकहरुलाई मध्यनजर गरेर नै हामीले भोलि पहिलो दिनमा बिहान ८ बजेदेखि राति साढे ८ बजेसम्म गरी ९ वटा हाउसफूल शो संचालन गर्ने छौँ ।’ कबड्डी ४ हेर्नका लागि दर्शकहरुलाई अग्रिम रुपमा टिकट खुलाको गरिएको क्युएफएक्स बुटवलका म्यानेजर गिरीले बताए ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङलगायत कलाकारहरूको अभिनय छ । चलचित्रलाई रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् । चलचित्रमा शैलेन्द्र डी. कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी र अनुपम शर्माको संगीत छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।