ताजा अपडेट »

दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क नेपाल भित्रियो

विहीबार, १२ जेठ २०७९, १४ : २८
2 Shares

काठमाडौं ।  चालु आर्थिक वर्ष २०७८/७९ को दश महिनाको अवधिमा नेपालले १ अर्ब २१ करोड ५२ लाख ५५ हजार रुपैयाँको फेसमास्क आयात गरेको छ । २०७८ साउनदेखि २०७९ वैशाखसम्मको अवधिमा उक्त मुल्य बराबरको मास्क नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । 

सो अवधिमा नेपालले १४ करोड ७५ लाख १५ हजार ८८२ थान फेस्कमास्क आयात गरेको छ । विभागका अनुसार नेपालमा ३७ देशबाट फेसमास्क आउने गरेको छ । चीनबाट नेपालमा सबैभन्दा बढी फेसमास्क आएको पछिल्लो दश महिनाको तथ्याङ्कले देखाउँछ । 

चीनबाट बितेको दश महिनामा ९५ करोड ८ लाख २४ हजार रुपैयाँको १४ करोड २५ लाख ५३ हजार ६३८ थान फेसमास्क नेपालमा भित्रिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।