२१ असार २०७९, मंगलवार

Jul 5, 2022

खोटाङ । विद्यालय जाँदै गरेकी खोटाङकी ९ वर्षीया छात्रामाथि बलात्कार प्रयास भएको छ । बुधबार बिहान विद्यालय जाँदै गरेको अवस्थामा खोटेहाङ गाउँपालिकाकी छात्रामाथि बलात्कार प्रयास भएको हो ।

Advertisement

कक्षा ५ मा अध्ययनरत बालिका विद्यालय जाँदै गरेको अवस्थामा घर नजिकै यौन दुर्व्यवहारकाे शिकार भएकी हुन् । बालिकालाई खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका ३० वर्षीय भुवनकुमार प्रधानले बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । चिच्याएर प्रतिकार गरेपछि बालिका जोगिन सफल भएको स्थानीयले बताए ।  

स्थानीयका अनुसार छात्राकी आमा खेताला गएकी थिइन् । उनका दाजु धारामा गएपछि बालिका एक्लै विद्यालय जाँदै थिइन् । बाटोमा भुवनले रुखबाट स्याउला झारिरहेका थिए । बालिकालाई देखेपछि भुवनले पर्खन लगाएर नजिँकै खोल्सीमा लगेर बलात्कार प्रयास गरेको आफन्तले बताए । कपडा र पेन्टको टाँक खोल्न खोज्दा बालिकाले चिच्याएर प्रतिकार गरेकी थिइन् तर चिच्याउँदा आरोपितले बालिकाको मुख थुनिदिएको पीडितको भनाइ छ । रोइकराई गरेपछि फुत्किन सफल भएकी बालिका रुँदै घर फर्किएर आमालाई जानकारी दिएपछि घटना सार्वजनिक भएको हो । 

घटनालगत्तै पीडित बालिकाको परिवारले आवाज उठाएपछि तत्कालै गाउँमा पीडक र पीडित पक्ष राखेर माफ मगाएर मिलापत्र गराइएको थियो । तर, अन्य आफन्तको सल्लाहमा पीडित परिवारले इलाका प्रहरी कार्यालय खोटाङबजारमा जाहेरी दिन पुगेपछि आरोपी फरार छन् । पीडित परिवार सिँधै प्रहरी कहाँ पुग्न नसकेको खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए । 

पिडकविरुद्ध उजुरी परेपछि इलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरीले राति नै घटनास्थल पुगेर मुचुल्का तयार पारेको छ । थप कानुनी प्रक्रियाका लागि पीडित पक्षलाई जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालयले जनाएको छ । आरोपीले यसअघि पीडित बालिकाकी दिदिलाई समेत यौन दुर्व्यवहार गरेको आफन्तकाे दाबी छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । 

प्रतिकृया दिनुहोस्

Flash News

७० वर्षयताकै खराब खडेरी, आपतकालीन अवस्था घोषणा ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा दक्षिण चीन सागरमा १२ शव फेला विनोद शाही मृत्यु प्रकरणः सदरमुकाम निषेधित क्षेत्र घोषणा माओवादी केन्द्रको बैठक स्थगित श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ बाँडफाँट अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा चुम्बनसहित लिपस्टिकको छाप थियो बाबुरामले बोलाए समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक सीसीटीभी फुटेज डिलिट गर्नु अपराध हो : उपमहासचिव ज्ञवाली माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्काशन गर्ने मौसम : आज यी स्थानहरुमा वर्षाको सम्भावना पर्यटक तान्दै भूत छाँगा लाफा क्लबको प्रथम अधिवेशन, बबिनको अध्यक्षतामा नयाँ नेतृत्व चयन ‘बुटवल मण्डप’को नाम परिवर्तन गर्ने बुटवल उपमहानगरको निर्णय फिर्ता गर्न ७ राजनीतिक दलको माग हिँड्दा-हिँड्दै एक महिलाको मृत्यु पाँच वर्षपछि रारा तालमा बिजुली घुम्न आएकी युवती बलात्कृत, तीन जना पक्राउ