ताजा अपडेट »

बाबुको अन्त्येष्टि गरेर फर्कँदा छोराको पनि मृत्यु

बुधबार, ११ जेठ २०७९, १८ : २७
4 Shares

कैलाली । सामाजिक सुरक्षा भत्ता बुझ्न गएका एक वृद्धको मृत्यु भएको छ । कैलाली धनगढी १८ फूलवारीका ७४ वर्षीय गुलिराम चौधरीको मृत्यु भएको हो । भत्ता बुझ्न धनगढी उपमहानगरपालिका १८ को वडा कार्यालय पुगेका चौधरी एकाएक ढलेपछि उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

उनी सामाजिक सुरक्षा बुझ्न लाममा बसेका बेला एका एक ढलेका थिए । उनी दम र मधुमेह रोगको पीडित रहेको धनगढी १८ का वडा अध्यक्ष भुवन रिजालले जानकारी दिए । उनकोे मृत्यु भएको २४ घण्टा नबित्दै बुधबार ६० वर्षीय छोरा लिलाराम चौधरीको समेत मृत्यु भएको हो ।

लिलाराम बुवाको अन्तिम दाहसंस्कार गरेर फर्किने बितिक्कै मृत्यु भएको वडा अध्यक्ष रिजालले जानकारी दिनुभयो । लिलाराम पनि केही दिनदेखि बिरामी अवस्थामै रहेको बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।