ताजा अपडेट »

बालेनको मत ४६ हजार कट्यो, सिंह स्थापितसँग मतान्तर बढाउँदै

सोमबार, ०९ जेठ २०७९, २० : २८
2 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।  

पछिल्लो मतपरिणाअनुसार एक लाख ४० हजार भन्दा बढी मत गणना हुँदा बालेनले प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ र नेकपा एमालेका केशव स्थापितसँग मतान्तर बढाउँदै लगेका छन् । 

निर्वाचन आयोगका अनुसार बालेनले हालसम्म ४६ हजार ९६६ मत प्राप्त गरिसकेका छन् । उनको निकटतम् प्रतिस्पर्धी कांग्रेसकी सिर्जनाले २८ हजार १४१ मत प्राप्त गरेकी छन् ।

त्यस्तै, एमालेका उम्मेदवार स्थापित अहिले तेस्रो स्थानमा रहेका छन् । स्थापितले हालसम्म २७ हजार २८६ मत प्राप्त गरेका छन् ।  

प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं ९, १०, १३, १४, १५, २०, २२ र २६ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।