ताजा अपडेट »

रेनु दाहाललाई ११ हजार बढीको अग्रता

सोमबार, ०९ जेठ २०७९, १७ : ५०
12 Shares

हेटौंडा । चितवनको भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादीकी उम्मेदवार रेनु दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन् ।

निर्वाचन अधिकृतको कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार रेनुले ११ हजारबढी मतले अग्रता बनाएकी छन् । उनले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ११ हजार १० मतले अग्रता कायम गरेकी हुन् ।रेनुले ४६ हजार २५५ मत प्राप्त गरेकी छिन्। सुवेदीले ३५ हजार २४५ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २८ मत पाएका छन् ।

उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी ४७ हजार २२८ मत प्राप्त गर्दा, राप्रपाकी हिमला गुरुङले २७ हजार ७१ मत पाएकी छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।