ताजा अपडेट »

बुटवलका मेयर पाण्डेयको पहिलो निर्णयः भूमिहिन सुकुम्बासीलाई बसोबासको आधारमा निस्सा

सोमबार, ०९ जेठ २०७९, १६ : ३६
8 Shares

बुटवल । बुटवल उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनीधिले प्रदभार ग्रहणसंगै दुई वटा निर्णय लिईएको छ । भूमिहिन सुकुम्बासीलाई बसोबासका आधारमा बसोबास निस्सा उपलब्ध गराउने र उपभोक्ता हितको लागि बजार अनुगमनलाई प्राथमिकता दिने निर्णय गरिएको हो ।

पदभार ग्रहणसंगै बुटवल क्षेत्रमा अव्यवस्थित भूमिहिन सुकुम्बासी जनताको अल्पकालिन तथा दीर्घकालिन समस्या समाधान गर्नको लागि लगत संकलन भएकालाई बसोबास प्रमाणित निस्सा उपलब्ध गराउने तथा नापजाँच प्रकृया बाँकी रहेकाहरुको लागि प्रकृया अगाडि बढाउन भूमि आयोगमा अनुरोध गर्ने निर्णय गरेको हो ।

त्यस्तै उपभोक्ता हितको लागि बजार अनुगमनलाई प्राथमिकता दिने निर्णय गरिएको छ । उपभोक्ताको हितको लागि स्थानीय बजारलाई व्यवस्थित गर्न उपभोग्य बस्तु तथा सेवाको गुणस्तर, परिमाण तथा मुल्यलाई सन्तुलन कायम गर्न प्राथमिकता दिईएको छ । सेवा प्रदायक तथा विक्रेताको नियमन अनुगकन गरी आम उपभोक्ताको हित प्रवद्धन गर्ने कार्यलाई प्राथमिकता दिई बजार अनुगमन तथा नियमन कार्यलाई प्राथमिकता दिने निर्णय गरिएको हो ।

बुटवल उपमहानगरपालिकामा सोमबार नगरप्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रा अर्यालले पदभार ग्रहण गरेलगत्तै नगरपालिकामा प्रस्ताव भईआएका यी दुई निर्णय सदर गरेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।