ताजा अपडेट »

देवदहका नगरप्रमुखको घोषणा- स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुन आह्वान गर्ने

सोमबार, ०९ जेठ २०७९, १६ : २५
22 Shares

बुटवल । रुपन्देहीको देवदह नगपालिकाको नवनिर्वाचित नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङले पदभार ग्रहण गरेका छन्। नगरप्रमुखको पदवाहर ग्रहण गर्दै खरेलले २ निर्णयमा प्रतिबद्धता सहित हस्ताक्षर गरेका छन् ।

देवदह नगरपालिकालाई पुर्ण स्वास्थ्य विमायुक्त नगरपालिका बनाउनका लागि सम्पूर्ण नगरवासीहरुलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुन आह्वान गर्ने निर्णय गरेका छन् । यस्तै देवदह नगरपालिकाको सुशासन प्रवर्द्धनका लागि प्रत्येक ६/६ महिनामा अनिवार्य रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने निर्णय गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।