ताजा अपडेट »

पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता गर्न समाजवादी विद्यार्थीको माग

सोमबार, ०९ जेठ २०७९, १५ : ५७
10 Shares

बुटवल । समाजवादी विद्यार्थी युनियनले पेट्रोलियम पदार्थमा थोपरिएको कर फिर्ता गरि मुल्यबृद्धि अविलम्ब फिर्ता गर्न माग गरेको छ । संघठनका अध्यक्ष का अध्यक्ष रुपनारायण श्रेष्ठले सोमबार एक विज्ञप्ति जारी गर्दै मुल्यबृद्धि अविलम्ब फिर्ता गर्न माग गरेका हुन् । अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिको बहाना बनाई नेपाली जनताले किन्नै नसक्ने गरि मुल्य वृद्धि गर्नु घोर अमानवीय रबैया भएको अध्यक्ष श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सरकारले पेट्रोलियम पदार्थमा गरिरहेको मुल्यबृद्धिले नेपाली जनजिवनलाई संकटपुर्ण परिस्थितिमा पुर्याएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिको बहाना बनाई नेपाली जनताले किन्नै नसक्ने गरि मुल्य वृद्धि गर्नु घोर अमानवीय रबैया हो । पेट्रोलियम पदार्थको करबाट राज्य संचालन गर्ने, बस्तु उत्पादन र निर्यातमा ध्यान नदिने, उठाइएको कर सदुपयोग नगरी दोहन गरि कार्यकर्ता पोस्ने प्रवृत्ति फस्टाउँदै जानु चिन्ताजनक अवस्था हो । आर्थिक मन्दी र कोभिडले थिलो थिलो बनाएको अर्थतन्त्रमा जनतालाई राहत दिनुपर्नेमा सरकार गैरजिम्मेवार बन्दै जनताको दैनिकि नै नचल्ने गरि मूल्य वृद्धि गरिएको प्रति खेद व्यक्त गर्दछौं । अहिलेको अवस्थामा कर छुट मात्रै होइन निगमलाई अनुदान दिएर मूल्य घटाई जनतालाई राहत दिन सरकारसँग जोडदार माग गर्दछौं ।
जनतालाई तत्काल राहत नदिने तथा सरकार क्रूर, निर्मम बन्ने हो भने आगामी संसदीय निर्वाचनमा लज्जास्पद हार बेहोर्न तयार रहन सरकारलाई चेतावनी दिन चाहन्छौं ।
पेट्रोलियम पदार्थको आयात घटाएर दीर्घकालीन समाधानको लागि बिद्युतिय सवारी साधन तथा चुल्यो प्रयोग गर्न जनतालाई प्रोत्साहन गर्न उचित कदम चाल्न माग गर्दछौं ।
हाम्रो संगठन समाजवादी विद्यार्थी युनियन सबैखाले गैरजिम्मेवारी, अराजकता, जनविरोधी कदमको विरुद्धमा आवाज उठाउँदै आएको छ । मूल्य वृद्धि, कालोबजारी, ठगी जस्ता कदमको विरुद्धमा कडा प्रतिवाद गर्दै आएका छौं, गरिरहने छौं । हाम्रो संगठनको जनपक्षिय आन्दोलनमा साथ दिन सबैमा हार्दिक अपिल गर्दै कठोर संघर्षका कार्यक्रम अघि बढाउने सरकारलाई चेतावनी दिन चाहन्छौं ।
जय मातृभूमि ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।