ताजा अपडेट »

भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्किएर रोकिएको जजीराले सवा ५ बजे उडान भर्ने

सोमबार, ०९ जेठ २०७९, १५ : ३४
26 Shares

भैरहवा । अवतरणको क्रममा चरासँग ठोक्किएर उडान भर्न नसकेको जजीरा एयरको विमान सवा ५ बजे फिर्ता जाने गरि उडान भर्ने भएको छ। काठमाण्डौंबाट आएको प्राविधिकको टोलीले चेकजाँच गरि सबै ठिक रहेको प्रतिवेदन दिए पछि विमानले सवा ५ बजे फिर्ती उडान भर्न लागेको हो ।

“विमान चारसँग ठोक्किएर हो तर विमान र यसको ईन्जिनमा कुनै प्रकारको नोक्सानी नभएको हुदा उडान भर्न योग्य रहेको रिपोर्ट आएको छ ।” बिमानस्थलका प्रवक्ता श्याम किशोर साहले भने “५० जना यात्रु लिएर विमान फिर्ता जादैछ ।” यस अघि राति अवतरणको क्रममा जजीरा एयरलाईन्ससंग चरा ठोकिएको थियो । विमानको नोज र ईन्जिन नजिक रगत देखिएको थियो । चरा ठोकिएको भए पछि चराको अवशेष कतै नपाउदा चरा ईन्जिनमा त पसेन भनेर बिमानले प्राविधिकबाट चेकजाँच गराएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।