ताजा अपडेट »

रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत

सोमबार, ०९ जेठ २०७९, १३ : २९
2 Shares

रुपन्देही।  रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।  उनलाई बलात्कार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

मिठाइ खान दिने लोभमा फकाइफुलाई गरी बुटवल-११ देवीनगरस्थित रंगशाला नजिकै लगेर बालिकालाई बलात्कार गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले रंगशालानजिकै तिनाउ नदीको किनारबाट बलात्कारमा संलग्न पुरूषलाई पक्राउ गरिएको जानकारी दिए।

ढकालले ती बालिकालाई ललाई फकाई तिनाउ खोलामा लगि बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।