१९ असार २०७९, आईतवार

Jul 3, 2022

काबुल । अफगानिस्तानका तालिबानहरुले टेलिभिजनमा महिला समाचार प्रस्तोतालाई अनुहार ढाक्ने वस्त्र लगाउन निर्देशन दिएपछि त्यसको पालना हुन थालेको छ । तर आइतवार, तालिवानको दुर्गण तथा सद्गुण मन्त्रालयले उक्त आदेश लागू गर्न थालेपछि धेरैजसो महिला एंकरहरूले अनुहार छोप्न थालेका छन् । सूचना तथा संस्कृति मन्त्रालयले यसअघि नीतिलाई ‘अन्तिम र गैर वार्ता गर्न नसकिने’ घोषणा गरेको थियो ।

अफगानिस्तानको टोलोन्युजका टिभी एंकर सोनिया नियाजीले भनिन्, ‘हामीलाई मास्क लगाउन बाध्य पारिएको एउटा बाहिरी संस्कृति मात्रै हो र यसले हाम्रा कार्यक्रमहरू प्रस्तुत गर्दा समस्या सिर्जना गर्न सक्छ ।’ अल जजीराका अनुसार पहिलो पटक अनुहार ढाकेर कार्यक्रम प्रस्तुत गर्दा आफूलाई ‘राम्रो महसुस नभएको’ नियाजीले बताइन् । ‘यो आदेश सबै महिला प्रस्तुतकर्ताहरूको लागि अप्रत्याशित छ, किनभने इस्लामले हामीलाई हाम्रो अनुहार छोप्न आदेश दिएको छैन’, नियाजीले भनिन्, ‘हरेक इस्लामिक विद्वान र राजनीतिक व्यक्तित्वले यस आदेशको विरोध गरेका छन् ।’ 

तालिबानले पनि महिला प्रस्तुतकर्ताहरूले मेडिकल मास्क लगाउन सक्ने जनाएको छ । जे भए पनि आफू अनुहार छोप्ने आदेशले फसेको नियाजी महसुस गर्छिन् ।  एक स्थानीय मिडिया अधिकारीले आफ्नो स्टेसनले गत साता तालिवानको आदेश प्राप्त गरेको पुष्टि गरे । तर, आइतवार यो छलफलको लागि नभएको बताएपछि यसलाई कार्यान्वयन गर्न बाध्य पारिएको उनको भनाइ थियो ।-एजेन्सी
 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली ! पौडी खेल्ने क्रममा दुई भारतीय नागरिकको मृत्यु तत्कालीन नेकपाका बहुमत सदस्यको भेटवार्ता, के भयो कुराकानी ? सरसफाइका लागि कठोर नीति ल्याउँदै तुलसीपुर चट्याङ लागेर ३ बाख्रा र एक भैंसी मरे, एक महिला घाइते जन्ती हिँडेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु फूलहरूलाई के हिउँद, के बर्खा (फोटोफिचर) बुटवल मण्डपको नाम फेर्ने उपमहानगरको निर्णयप्रति व्यवसायिक संघ-संस्थाहरुको असहमति, फिर्ता लिन माग तुलसीपुरका पानी मुहान क्षेत्रमा चुनढुगा उत्खननको तयारी, खानेपानी संस्थाको बिरोध एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल तिलोत्तमालाई युवामैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता छोरी भएर जन्मिनु विडम्बना हो ! अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज हस्ताक्षर किर्ते गरी छ्यालिस लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर पत्रकार पन्थीको ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा विपद्बाट हुने क्षति न्यूनिकरण गर देशको आर्थिक अवस्था गम्भीर संकटमा : प्रचण्ड सेयर बजारमा हरियाली बुटवलमा साइन्स-म्याथ ओलम्पियाड, कान्ति माविका शिशिर प्रथम