१९ असार २०७९, आईतवार

Jul 3, 2022

काठमाडौं । दोस्रो पटक भएको स्थानीय तह निर्वाचनको परिणामले जबर्जस्त ‘वैकल्पिक राजनीति’को बहस छेडिएको छ ।

Advertisement

दलले छानेका उम्मेदवारहरूलाई केही महानगरपालिकामा मात्र होइन, उपमहानगरपालिकादेखि वडा तहसम्मै स्वतन्त्र उम्मेदवारले पराजित गरेपछि  वैकल्पिक राजनीतिको बहस फेरि चर्चामा आएको हो ।

देशको सङ्‍घीय राजधानी काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह जित नजिक छन् ।  धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालको पनि जित घोषणा हुन मात्र बाँकी छ । 

धरान उपमहानरपालिकामा त स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले निर्वाचित भइसके ।

अन्य स्थानीय तहमा पनि स्वतन्त्र उम्मेदवार धेरै ठाउँमा निर्वाचित भइसकेका छन् । यी परिदृश्यपछि जनता समाजवादी पार्टी (जसपा)का सङ्‍घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेकोमा जोड दिएका छन् । 

हुन त उनी वैकल्पिक राजनीतिक शक्ति बनाउने भन्दै २०७२ मा संविधान बनेपछि माओवादीबाट अगल भएका थिए । अलग भएर नयाँ शक्ति स्थापना गरे । तर, २०७४ को सङ्‍घीय संसद्को अधिवेशनमा उनको पार्टीबाट जित्ने उनी एक्ला भए । त्यो पनि तालमेलमा मात्र उनको जित सम्भव भएको हो ।

निर्वाचनको परिणामले गलेका उनले त्यसपछि वैकल्पिक शक्ति भन्‍न त छाडेनन् तर उपेन्द्र यादव नेतृत्वको सङ्‍घीय समाजवादी फोरमसँग एकीकरण गर्दै हाल जसपामा आइपुगेका हुन् । 

गृहजिल्ला गोरखाको ११ स्थानीय तहमा मात्र नभई गण्डकी प्रदेशभर नै एउटा सिट जिताउन नसकेका भट्टराईले ट्वीटरमार्फत ३० वैशाखमा भएको निर्वाचन परिणामले वैकल्पिक शक्ति आवश्यकता पुष्टि भएको बताएका छन् । 

उनले भनेका छन्, ‘चुनावका दूरगामी संकेतहरू :पूर्वकाे धरानदेखि काठमाडाैं हुँदै सुदूर पश्‍चिमकाे धनगढीसम्म स्थापित दलका टाउकामाथि बज्रिएका लाैराेहरू ! थुनिएका थारू विद्राेहका नायक रेशम चाैधरीकाे दल थारू बाहुल्य कैलालीमा अग्रपंक्तिमा ! अधिका‌ंश ठाउँमा पुराना अनुहारकाे हार र नयाँकाे जित ! याे विकल्पकाे खाेजी नभए के हाे ?’

भट्टराई मात्र होइन, पूर्व पत्रकारसमेत रहेका विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र पनि वैकल्पिक शक्ति आवश्यक रहेकोमा जोड दिन्छन् ।

२०७४ मा भएको निर्वाचनबाट केही प्रदेशमा समानुपातिक सिटसम्म प्राप्त गर्न सकेका मिश्रको पार्टीले यस पटक मधेस प्रदेशको एक स्थानीय तहबाहेक कहीँ पनि निर्वाचन जित्न सकेन । 

सर्वत्र हारपछि पार्टीमा निरन्तर खटिने मान्छे नभएको र आर्थिक स्रोत नभएका कारण निर्वाचनमा दुःखद् परिणाम आएको पार्टी प्रवक्ता शरदराज पाठकले बताइसकेका छन् ।

वैकल्पिक राजनीतिक शक्ति बनाउने भन्ने यी दुई नेता मात्र होइनन्, हिन्दुवादी नेता कमल थापा पनि यसकै पक्षमा छन् । 

तर, उनको पार्टीले देशभरको ७५३ मध्ये एउटा पनि स्थानीय तहमा निर्वाचन जित्‍न सकेन ।  हारैहार भएपछि उनी चुपचाप छन् । 

प्रा.डा. लोकराज बराल दलहरूले उम्मेदवार छनोट गर्दा नाताका र कृपा गर्नेलाई दिएपछि जनता आक्रोशित भएको र त्यसको परिणाम स्वतन्त्र उम्मेदवारको जित भएको बताउँछन् । 

स्वतन्त्र उम्मेदवारहरूको जितलाई उनी वैकल्पिक राजनीतिसँग तुलना गर्दैनन् ।

उनले भनेका छन्, ‘पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको काम गर्ने शैली पनि सन्तोषजनक छैन । उम्मेदवार छान्दा पनि नाताका र कृपा गर्नेलाई छान्‍ने गरेको देखिन्छ । त्यसविरुद्धको जनमत स्वतन्त्र उम्मेदवारलाई प्रकट भएको हो । यसलाई वैकल्पिक राजनीति भन्‍नेसँग तुलना गर्न हुँदैन ।’

स्थापित राजनीतिक दलका उम्मेदवारहरूलाई पछि पार्दै जित हात पार्नु स्वतन्त्र उम्मेदवारका लागि सहज होइन । 

तर, दलमा आबद्ध नै नभई स्वतन्त्र उम्मेदवारी दिँदै निर्वाचन लडेर ठाउँठाउँमा स्वतन्त्र उम्मेदवारले जितेपछि वैकल्पिक राजनीतिको बहस पनि चर्चामा आएको हाे । 

प्रतिकृया दिनुहोस्

Flash News

तत्कालीन नेकपाका बहुमत सदस्यको भेटवार्ता, के भयो कुराकानी ? सरसफाइका लागि कठोर नीति ल्याउँदै तुलसीपुर चट्याङ लागेर ३ बाख्रा र एक भैंसी मरे, एक महिला घाइते जन्ती हिँडेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु फूलहरूलाई के हिउँद, के बर्खा (फोटोफिचर) बुटवल मण्डपको नाम फेर्ने उपमहानगरको निर्णयप्रति व्यवसायिक संघ-संस्थाहरुको असहमति, फिर्ता लिन माग तुलसीपुरका पानी मुहान क्षेत्रमा चुनढुगा उत्खननको तयारी, खानेपानी संस्थाको बिरोध एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल तिलोत्तमालाई युवामैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता छोरी भएर जन्मिनु विडम्बना हो ! अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज हस्ताक्षर किर्ते गरी छ्यालिस लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर पत्रकार पन्थीको ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा विपद्बाट हुने क्षति न्यूनिकरण गर देशको आर्थिक अवस्था गम्भीर संकटमा : प्रचण्ड सेयर बजारमा हरियाली बुटवलमा साइन्स-म्याथ ओलम्पियाड, कान्ति माविका शिशिर प्रथम लुम्बिनीमा दानपेटिका खोलियो यी हुन् बुटवलमा मोटरसाइकल चोरी गर्ने १२ युवा