१९ असार २०७९, आईतवार

Jul 3, 2022

काठमाडौं । गर्मीयाममा लामखुट्टे भगाउन हामी प्रायजसो धुप र लिक्विड बाल्ने गर्छाैं । यसबाट आउने गन्धले लामखुट्टे भाग्ने गर्छ । बजारमा लामछुट्टे भगाउने गरी आवाज निकाल्ने इलेक्ट्रिक डिभाइस पनि पाइन्छ ।

Advertisement

तर, स्मार्टफोन प्रयोगकर्ताले भने मोबाइल एपबाटै लामखुट्टे भगाउन सक्छन् । अधिकांश एपमा प्रयोग भएको प्रविधि भनेको अल्ट्रा साउण्ड नै हो । यस्तो आवाज मानिसहले सुन्न सक्दैनन्, तर लामखुट्टेसहित किराहरुले सुन्छन् ।

लामखुट्टेलाई यसको आवाज मन पर्दैन, जसरी मानिसलाई लामखुट्टेको आवाज मनपर्दैन । एन्ड्रोइड स्मार्टफोनमा यस्ता खालका धेरै एप छन् । जसले लामखुट्टे भगाउन सहयोग गर्छन् ।

यस्ता एप अफलाइन चलाउन मिल्छ र आवाजको माध्यमबाट लामखुट्टे धपाउन सकिन्छ । आईओएस डिभाइसमा पनि एन्टी मस्क्युटो सोनिक रिपेलरसहितका एपहरु छन् ।

छोटाे समयको लागि लामखुट्टे धपाउन यस्तो एप उपयोगी हुनसक्छ । तर, लामो समयसम्म धपाउनको लागि भने चार्जरसँगै राख्नुपर्ने हुन्छ । यी एपले निकाल्ने आवाजले मानिसलाई धेरै डिस्डर्ब गर्दैनन् । तर लामखुट्टेलाई यस्तो आवाज मन नपर्ने भएकाले वरपर आउँदैन ।

प्रयोगकर्ताले एन्ड्रोइडको प्ले स्टोर र आईओएसको एप स्टोरमा मस्क्युटो रिपेलर (mosquito repeller) टाइप गर्दा यस्ता एपहरुको सूची देख्न पाइन्छ । तीमध्ये धेरै प्रयोगकर्ताले प्रयोग गरेका र राम्रो रेटिङ भएका एप डाउनलोड गर्दा पछुताउनु पर्दैन ।- टेकपाना

प्रतिकृया दिनुहोस्

Flash News

अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली ! पौडी खेल्ने क्रममा दुई भारतीय नागरिकको मृत्यु तत्कालीन नेकपाका बहुमत सदस्यको भेटवार्ता, के भयो कुराकानी ? सरसफाइका लागि कठोर नीति ल्याउँदै तुलसीपुर चट्याङ लागेर ३ बाख्रा र एक भैंसी मरे, एक महिला घाइते जन्ती हिँडेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु फूलहरूलाई के हिउँद, के बर्खा (फोटोफिचर) बुटवल मण्डपको नाम फेर्ने उपमहानगरको निर्णयप्रति व्यवसायिक संघ-संस्थाहरुको असहमति, फिर्ता लिन माग तुलसीपुरका पानी मुहान क्षेत्रमा चुनढुगा उत्खननको तयारी, खानेपानी संस्थाको बिरोध एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल तिलोत्तमालाई युवामैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता छोरी भएर जन्मिनु विडम्बना हो ! अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज हस्ताक्षर किर्ते गरी छ्यालिस लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर पत्रकार पन्थीको ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा विपद्बाट हुने क्षति न्यूनिकरण गर देशको आर्थिक अवस्था गम्भीर संकटमा : प्रचण्ड सेयर बजारमा हरियाली बुटवलमा साइन्स-म्याथ ओलम्पियाड, कान्ति माविका शिशिर प्रथम