१९ असार २०७९, आईतवार

Jul 3, 2022

बुटवल । रुपन्देहीको मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाले ५ औं राष्ट्रि भलिबल दिवसका अवसरमा आईतबार दिप प्रज्वलन गरेको छ । क्लबको खेल मैदान तिलोत्तमा-२ योगिकुटी स्थित खेल मैदानमा क्लबका वरिष्ठ सल्लाहकार टुकबहादुर क्षेत्रीको प्रमेख आतिथ्यतामा दिप प्रज्वलन गरिएको थियो ।

Advertisement

सो अवसरमा बोल्दै क्षेत्रीले खेलकूदको माध्यमबाट युवाहरुलाई एक बनाई राष्ट्रको पहिचानमा सहयोग पुग्ने उल्लेख गरे । ५ वर्षअघि सरकारले भलिबललाई राष्ट्रिय खेलका रुपमा घोषणा गरेपछि यसतर्फ युवाहरुको आकर्षण बढ्दै गएको उल्लेख गरे । खेलकूदको विकासका लागि भौतिक संरचनाहरुको निर्माण तथा खेल गतिविधिहरु सञ्चालन गरि युवाहरुलाई आकर्षित गर्ने खालका योजना ल्याउन सरकारसँग आग्रह गरे । यस्तै कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी खेलकुद परिषदका सदस्य हरिस ओलीले क्लबले खेलकुदको क्षत्रमा गरेका योगदानप्रति खुशी व्यक्त गर्दै थप सिर्जनशिल क्रियाकलापहरु सञ्चालन गर्न आग्रह गर । लुम्बिनी खेलकुद परिषदले खेलकुद भतिविधि सञ्चालन तथा यश क्षेत्रको बिकासका लागि तत्कालिन तथा दिर्घकालिन योजना बनाएर अघि बढेको उल्लेख गरे ।

कार्यक्रमको अवसरमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट तिलोत्तमा-२ को वडा सदस्य पदमा निर्वाचित क्लबका संस्थापक अध्यक्ष मिलन रानालाई सम्मान गरिएको थियो । यसैगरी क्लबलाई विभिन्न गतिविधिमा सहयोग पुर्याउँदै आएको शंकरनगर सामुदायिक वन उपभोक्ता समितिलाई सम्मान गरिएको थियो । संस्थालाई सहयोग प्रदान गर्दै आएका व्यक्तिहरु सन्तोष कवर, चेतन बस्नेत, शंकर सापकोटा, ताराराज शर्मा, कृष्ण पोखरेल (बाबू) तथा हविन्द्र कार्की लगायतका व्यक्तिहरुलाई सम्मान गरिएक्को थियो ।

क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीको अध्यक्षता, अन्तर्राष्ट्रिय भलिबल खेलाडी प्रताप खवासको स्वागत तथा क्लबका सचिब मेघराज भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै क्लबका सहसचिव सुदिप केसी, राष्ट्रि भलिबल रेफ्रि बुद्धि बस्याल, क्लबका संरक्षक सुरेन्द्र गुरुङ, सदस्यहरु किसन चन्द, कासराज गौतम लगायतले भलिबललाई राष्ट्रिय खेलकुदको मान्यता दिएपछि आकर्षण बढ्दै गए पनि त्यस अनुसारका सुविधा र पूर्वाधार निर्माणमा जोड दिए । 

प्रतिकृया दिनुहोस्

Flash News

अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली ! पौडी खेल्ने क्रममा दुई भारतीय नागरिकको मृत्यु तत्कालीन नेकपाका बहुमत सदस्यको भेटवार्ता, के भयो कुराकानी ? सरसफाइका लागि कठोर नीति ल्याउँदै तुलसीपुर चट्याङ लागेर ३ बाख्रा र एक भैंसी मरे, एक महिला घाइते जन्ती हिँडेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु फूलहरूलाई के हिउँद, के बर्खा (फोटोफिचर) बुटवल मण्डपको नाम फेर्ने उपमहानगरको निर्णयप्रति व्यवसायिक संघ-संस्थाहरुको असहमति, फिर्ता लिन माग तुलसीपुरका पानी मुहान क्षेत्रमा चुनढुगा उत्खननको तयारी, खानेपानी संस्थाको बिरोध एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल तिलोत्तमालाई युवामैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता छोरी भएर जन्मिनु विडम्बना हो ! अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज हस्ताक्षर किर्ते गरी छ्यालिस लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर पत्रकार पन्थीको ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा विपद्बाट हुने क्षति न्यूनिकरण गर देशको आर्थिक अवस्था गम्भीर संकटमा : प्रचण्ड सेयर बजारमा हरियाली बुटवलमा साइन्स-म्याथ ओलम्पियाड, कान्ति माविका शिशिर प्रथम