१९ असार २०७९, आईतवार

Jul 3, 2022

भैरहवा । ७४ वर्ष पछि मुलुककै दोश्रो अन्र्तराष्ट्रिय बिमानस्थल भैरहवामा सुचारु भएको छ । जेठ २ गते यसको उदघाटन भई सोही दिन देखी कुवेतको जजीरा एयरलाईनसले आफ्नो नियमित उडान सुरु गरेको छ । अन्र्तराष्ट्रिय बिमानस्थल सञ्चालन लगत्तै भने यस क्षेत्रका पर्यटन ब्यवसायी र स्थानियहरु त्रसित बनेका छन ।

Advertisement

त्रसित हुनुको कारण हो भैरहवामा अझै पनि श्रम स्विकृति नहुनु । अन्र्तराष्ट्रिय बिमानस्थल चालु भए पनि बैदेशिक रोजगारीमा जाने नेपालीहरु अझै पनि श्रमको लागी काठ्माण्डौमा धाउनु पर्ने र यसैको कारण बिमानस्थल सञ्चालनमा अन्यौलता छाएको छ ।

नेपाल बैदेशिक रोजगार ब्यवसायी संघका संयोजक बिमल ढकालले श्रम चुनौतीकै कारण जजीरा एयरलाईन्सको यताबाट जाने बिमान खाली गएको गुनासो आएको बताए । उनले तत्कालको लागी बैदेशिक रोजगार ब्यवसायीहरुले यो बिमानस्थललाई गतिशील बनाउन बैदेशिक रोजगारीमा जाने यात्रुहरुलाई भैरहवा ल्याएर उडाउन पहल गर्ने बताए । “ हाललाई कम्तिमा २ महिना काठमाण्डौंका यात्रुलाई यतै ल्याएर उडाउने पहल गर्छु ।” ढकालले भने “तर यसको दिर्घकालीन उपायको लागी प्रयास गर्नुपर्छ ।”

सरकारले श्रम स्विकृति सेवालाई बिकेन्द्रीकृत गर्न नसक्दा बैदेशिक रोजगारीमा जाने श्रमिक काठमाण्डौं जान बाध्य छन । वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण काम वैदेशिक रोजगार विभाग र त्यसको कार्यालय ताहाचलबाट मात्रै हुँदै आएको छ । अब भैरहवाबाट सेवा दिने सरकारले तयारी गरेको छ ।

जेठभित्रै भैरहवामा वैदेशिक रोजगार कार्यालय स्थापना गर्ने श्रममन्त्री कृष्णकुमार श्रेष्ठले बताएका छन् । यसको लागी जिल्ला प्रशासन कार्यालय अगाडी रहेको शिक्षा मन्त्रालय अन्र्तगतको खाली भवनलाई प्रयोग गरिने श्रेष्ठले जनाए । “असार १ गते भित्र यहिबाट सेवा दिने गरि तयारी थालेका छौं ।” मन्त्री श्रेष्ठले भने “यसको लागी भैरहवामा स्थान पहिचान गर्ने काम भएको छ । अब तालुक मन्त्रालयको सहकार्यमा यहि कार्यालय खोल्ने काम आजैदेखी अगाडी बढाउने छु ।”

आज मात्रै उक्त खाली भवनको मन्त्रालयका कर्मचारी सहित, रुपन्देहीका प्रतिनिधि सभा सदस्य प्रमोद यादव, सिद्धार्थनगर नगर पालिकाका प्रमुख ईश्तियाक अहमद खाँनले अवलोकन गरेका छन । वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले पूरा गर्नुपर्ने सवै प्रक्रिया भैरहवाबाटै पूरा हुनुपर्ने माग स्थानीयले गरेका छन् । मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले भैरहवाबाट श्रमस्वीकृति दिने तयारी भइरहेको बताए ।

भैरहवामा कार्यालय खोल्नका लागि ओएनएम सर्भे प्रस्ताव गरिएको उनले बताए । प्रस्ताव स्वीकृति भएर नआउँदासम्म अधिकार प्रत्यायोजन गरेर काजमा जनशक्ति खटाएर सेवा दिने गरि तयारी भएको उनले बताए

वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण काम अनलाइन सेवा सुरु भएकाले भैरहवाबाटै कामदार उड्न सक्ने मन्त्रालयको भनाई छ । स्वास्थ्य परीक्षण र अभिमुखीकरण गर्ने संस्थाका साथै म्यानपवार कम्पनीको कार्यालय सञ्चालनमा आएमा भैरहवाबाटै कामदार विदेश उड्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस्

Flash News

अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली ! पौडी खेल्ने क्रममा दुई भारतीय नागरिकको मृत्यु तत्कालीन नेकपाका बहुमत सदस्यको भेटवार्ता, के भयो कुराकानी ? सरसफाइका लागि कठोर नीति ल्याउँदै तुलसीपुर चट्याङ लागेर ३ बाख्रा र एक भैंसी मरे, एक महिला घाइते जन्ती हिँडेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु फूलहरूलाई के हिउँद, के बर्खा (फोटोफिचर) बुटवल मण्डपको नाम फेर्ने उपमहानगरको निर्णयप्रति व्यवसायिक संघ-संस्थाहरुको असहमति, फिर्ता लिन माग तुलसीपुरका पानी मुहान क्षेत्रमा चुनढुगा उत्खननको तयारी, खानेपानी संस्थाको बिरोध एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल तिलोत्तमालाई युवामैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता छोरी भएर जन्मिनु विडम्बना हो ! अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज हस्ताक्षर किर्ते गरी छ्यालिस लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर पत्रकार पन्थीको ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा विपद्बाट हुने क्षति न्यूनिकरण गर देशको आर्थिक अवस्था गम्भीर संकटमा : प्रचण्ड सेयर बजारमा हरियाली बुटवलमा साइन्स-म्याथ ओलम्पियाड, कान्ति माविका शिशिर प्रथम