Jul 3, 2022
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले ३४ हजार मत कटाएका छन्।
शनिबार दिउँसो १ बजेसम्मको मत परिणामका अनुसार उनले ३४ हजार १३० मत पाएका छन्। उनले ९३ हजार ६४७ मत गन्दा सो मत पाएका हुन्।
उनले अरु प्रतिस्पर्धीहरूसँग मतान्तर फराकिलो पार्दै गएका छन्। हालसम्म नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले १८ हजार ५४७ मत पाएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८ हजार ४२९ मत पाएकी छन्।
शाह र स्थापितबीच मतान्तर १५ हजार ५८३ छ। यता शाह र सिंहबीच भने १५ हजार ७०१ मतान्तर छ।
राष्ट्रिय सभा गृहमा अहिले वडा नम्बर ७, ९, १०, ११, २४, २५, २६, २७ र ३१ को मतगणना भइरहेको छ। उता वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २८, २९, ३० र ३२ को मतगणना सकिसकेको छ।
प्रतिकृया दिनुहोस्