ताजा अपडेट »

अमेरिकाको शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु

शनिबार, ०७ जेठ २०७९, १४ : ०७
23 Shares

न्युयोर्क । अमेरिकाको शिकागोमा भएको बन्दुक हमलामा कम्तीमा २ जनाको मृत्यु भएको छ । फास्ट फूड रेस्टुरेन्ट बाहिर झगडापछि भएको बन्दुक हमलामा अन्य १० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । शिकागोका प्रहरी प्रवक्ता टम एहर्नले भने, ‘शुक्रबार राति ११ बजेतिर त्यहाँ केहीले एकपछि अर्को गर्दै बन्दुकको गोली चलेको सुनेका थिए ।’ आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । केही दिनअघि न्युयोर्क राज्यको एउटा सुपरमार्केटमा गोली चल्दा १० जनाको मृत्यु भएको थियो ।- एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।