१९ असार २०७९, आईतवार

Jul 3, 2022

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा र उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएका छन् । १९ वटा वडा रहेको हेटौंडामा नेकपा एमालेले ९ वटा वडा जितेको छ भने कांग्रेसले ८ वटा र नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रले एक÷एक वडामा विजय हासिल गरेको छ । एमालेले हेटौंडाको वडा नम्बर ४, ५, १०, ११, १३, १४, १५, १८ र १९ जितेको छ भने कांग्रेसले १, २, ३, ६, ७, ८, १६ र १७ नम्बर वडा, नेकपा एसले ९ नम्बर वडा र माओवादी केन्द्रले १२ नम्बर वडामा विजय हासिल गरेका छन् । एमालेबाट हेटौंडा ४ मा नविन सिग्देल (२११२), ५ मा सुशील घिमिरे (२५३०), १० मा फुर्वादोर्जे तामाङ (९७२), ११ मा जुना दाहाल (१५१४), १३ मा पेम्बा लामा (१३१५), १४ मा दीपक खड्का (१७८२), १५ मा सुनिल मोक्तान (२४९१), १८ मा अनिल कुमार बानियाँ (१८९८) र १९ मा नरनाथ सुवेदी ‘नवराज’ (१४२३) विजयी भएका हुन् । यस्तै, कांग्रेसबाट वडा नम्बर १ मा सविन न्यौपाने (१४६७), २ मा विष्णुगोपाल महर्जन (१२५८), ३ मा ढलकबहादुर थापा (१५८४), ६ मा बिष्णुबहादुर दाहाल (११८१), ७ मा दामोदर गौतम (१४९०), ८ मा राम थापा (२२१३), १६ मा रामकृष्ण कोइराला (२४३८) र १७ उद्धव सत्याल (१३१४) विजयी भएका हुन् । नेकपा एसबाट हेटौंडा ९ मा सुकराम केसी (२३४५) र माओवादीबाट हेटौंडा १२ मा ललितबहादुर घलान (१३७१) विजयी भएका छन् । २०७४ सालमा निर्वाचनमा एमालेले १२ वटा वडा अध्यक्ष जितेको थियो भने कांग्रेसले ५ र माओवादीले २ वटा वडा जितेको थियो ।- न्युज कारखाना

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली ! पौडी खेल्ने क्रममा दुई भारतीय नागरिकको मृत्यु तत्कालीन नेकपाका बहुमत सदस्यको भेटवार्ता, के भयो कुराकानी ? सरसफाइका लागि कठोर नीति ल्याउँदै तुलसीपुर चट्याङ लागेर ३ बाख्रा र एक भैंसी मरे, एक महिला घाइते जन्ती हिँडेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु फूलहरूलाई के हिउँद, के बर्खा (फोटोफिचर) बुटवल मण्डपको नाम फेर्ने उपमहानगरको निर्णयप्रति व्यवसायिक संघ-संस्थाहरुको असहमति, फिर्ता लिन माग तुलसीपुरका पानी मुहान क्षेत्रमा चुनढुगा उत्खननको तयारी, खानेपानी संस्थाको बिरोध एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल तिलोत्तमालाई युवामैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता छोरी भएर जन्मिनु विडम्बना हो ! अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज हस्ताक्षर किर्ते गरी छ्यालिस लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर पत्रकार पन्थीको ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा विपद्बाट हुने क्षति न्यूनिकरण गर देशको आर्थिक अवस्था गम्भीर संकटमा : प्रचण्ड सेयर बजारमा हरियाली बुटवलमा साइन्स-म्याथ ओलम्पियाड, कान्ति माविका शिशिर प्रथम