ताजा अपडेट »

विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने गुल्मीका २ शिक्षक पक्राउ

शनिबार, ०७ जेठ २०७९, ११ : ४५
6 Shares

गुल्मी । विद्यार्थीलाई यौन दुब्र्यवहार गरेको आरोपमा २ जना शिक्षक पक्राउ परेका छन् । गुल्मीको सत्यवती गाउँपालिकामा रहेको सत्यवती माध्यमिक बिद्यालय हसराको कक्षा ९ मा अध्ययन गर्ने छात्रालाई शिक्षक प्रकाश भट्टराई र निलकण्ठ बस्यालले यौन दुब्र्यवहार गरेको भन्ने उजुरीको आधारमा शुक्रबार प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

नाबालिका छात्रालाई शिक्षक बस्यालले २०७८ भदौदेखि र भट्टराईले माघदेखि यौनजन्य क्रियाकलापमा फकाउने र यौन दुब्र्यवहार गर्ने गरेको उजुरीमा उल्लेख छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।