ताजा अपडेट »

पैसा बाँड्ने र भोजभतेर खुवाएर एमसीसी समर्थकहरूले निर्वाचन जिते: नेमकिपा

शनिबार, ०७ जेठ २०७९, ०९ : ०३
4 Shares

काठमाडाैं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले स्थानीय तह निर्वाचनले सरकारमा पुगेका दलहरूले भ्रष्टाचार गरेको पुष्टि गरेको जनाएको छ ।

आचारसंहिता उल्लङ्‍घन गर्दै भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्ने, पैसा बाँड्ने, भोजभतेर खुवाउने जस्ता क्रियाकलापले सरकारमा गएका दलहरूले भ्रष्टाचार गरेको पुष्टि गरेको जनाएको हो । 

उक्त पार्टीका सङ्‍घीय सांसद प्रेम सुवालले भ्रष्टाचार भएको भन्‍ने जनताले पहिल्यै अनुमान गरेको बताए । ‘सरकारमा जानेहरूले भ्रष्टाचार गरेकै हुनुपर्छ भन्ने जनताको अनुमान थियो । त्यो सत्य भएको देखियो । किनभने सत्ताको दुरुपयोग गर्दै आचारसंहिताविपरीत भारतीय नम्बर प्लेट भएको गाडी प्रयोग गर्ने, पैसा बाँड्ने र भोज खुवाउने काम भयो’, सांसद सुवालले जनतापाटीसँग भने । 

निर्वाचनमा सरकारले राज्य संयन्त्रको दुरुपयोग गरेको पनि आरोप लगाए । निर्वाचन निष्पक्ष गर्ने भनेर गठन गरिएको निर्वाचन आयोगलाई निरीह बनाएको उनको भनाइ छ । 

सांसद सुवालले निर्वाचनलाई अमेरिकी सहयोग परियोजना एमसीसी समर्थक र विरोधीबीचका लडाइँ भएको पनि बताए ।  तर, पैसा बाँड्ने र भोजभतेर खुवाएर एमसीसी समर्थकहरूले निर्वाचन जितेको उनकाे आरोप छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।