ताजा अपडेट »

तिलोत्तमा १६ को अध्यक्षमा भुसालसहित काँग्रेसको प्यानल विजयी

शनिबार, ०७ जेठ २०७९, ०७ : १२
18 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा १६ को अध्यक्षमा नेपाली काँग्रेसका झविलाल भुसाल निर्वाचित भएका छन् । शनिबार विहान सम्पन्न मत गणनामा भुसालले १४७५ मत प्राप्त गर्दै विजयी हुन सफल भएका हुन् ।

स्थानीय तह निर्वाचन अन्तरगत यही बैशाख ३० गते सम्पन्न निर्वाचनमा प्रत्यासी उम्मेद्वार नेकपा एमालेका केशव सिंह चौधरीलाई ९ मतले पछि पार्दै भुसाल विजयी भए । निकटतम प्रतिद्वन्दी चौधरीले १४६६ मत प्राप्त गरेका थिए । यश।वडामा कूल ३२१८ मत खसेको थियो ।  

भुसालसँगै तिलोत्तमा १६ का लागि खुल्ला सदस्य, महिला सदस्य तथा दलित महिला सदस्य गरी सबै पदमा काँग्रेसका उम्मेद्वार विजयी भएका छन् । यस वडामा मत गणनाको समयमा निर्वाचन कर्मचारीले अनियमितता गरेको भन्दै विवाद भएपछि पुन गणना गरिएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।