ताजा अपडेट »

भरतपुरमा गठबन्धनकी रेणु दाहाल ५ हजार बढी मतले अघि

शनिबार, ०७ जेठ २०७९, ०६ : ४५
4 Shares

बुटवल । चितवनको भरतपुर महानगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् । 

हालसम्म गणना भएको ६९ हजार ६१२ मत मध्ये गठबन्धनकी साझा उम्मेदवार रेनु २७ हजार ७८ मत पाएकी छन्। उनलाई पछ्याइरहेका नेकपा (एमाले)का विजय सुवेदीले २२ हजार ६० मत ल्याएका छन् । जहाँ सुवेदीलाई रेनुले ५ हजार १८ मतले पछि पारेकी छन्।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ४ सय १४ मत पाएका छन्। उपप्रमुखमा पनि गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रशेन अधिकारीले २९ हजार १३२ मतका साथ अग्रतालाई कायमै राखेका छन् । उनलाई एमालेसँग गठबन्धन गरेको राप्रपाका हमिला गुरूङले १७ हजार १६६ मतसहित पछ्याइरहेकी छन्। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।