२१ असार २०७९, मंगलवार

Jul 5, 2022

काठमाण्डौं । स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरी बिदाइ भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज खुलामञ्चमा औपचारिक कार्यक्रमको आयोजना गरी एक हजार २९६ म्यादी प्रहरीको सामूहिक बिदाइ गरेको हो ।

Advertisement

बिदाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्थानीय तह निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुमा म्यादी प्रहरीको सबैभन्दा महत्वपूर्ण योगदान रहेको बताए । राज्यले आफूले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकामा म्यादी प्रहरीलाई धन्यवाद दिँदै उनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका बेलामा पनि भर्ना प्रक्रियामा सहभागी हुन आग्रह गरे । साथै उनले सुरक्षा निकायले म्यादी प्रहरीको अनुभवलाई उपयोग गर्नेसमेत विश्वास दिलाए । 

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले सबै तहका सुरक्षाकर्मीको प्रभावकारी समन्वय हुँदा जिल्लामा निर्वाचनमा शान्तिपूर्ण रूपले सफल भएको धारणा राखेका थिए ।  म्यादी प्रहरी बिदाइ कार्यक्रममा प्रशिक्षक, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई जिल्ला प्रशासन कार्यालयले प्रसंशापत्रसमेत प्रदान गरेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले म्यादी प्रहरीलाई नेपाल सरकारले तोकेको सेवा सुविधा दुई किस्तामा प्रदान गरेको छ ।

पहिलो किस्तामा ४० दिनको रासन भत्ताबापत रु चार हजार २००, भ्रमण भत्ता रु एक हजार २०० र पोशाक भत्ताबापतको रु छ हजार बैंक खातामार्फत भुक्तानी भइसकेको छ भने दोस्रो किस्ता रु ३२ हजार ४०० कोष तथा लेखा नियन्त्रक कार्यालयमा फाइल पेश भई रकम खातामा आउने प्रक्रिया सुरु भइसकेको जनाइएको छ । म्यादी प्रहरीलाई ४० दिन बराबरको पारिश्रमिक उपलब्ध गराइएको छ । बिदाइ कार्यक्रममा जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।-रासस

प्रतिकृया दिनुहोस्

Flash News

भैरहवा डान्सिङ सुपर स्टारको दोस्रो सिजन हुने डालिमार्टबाट म्याद गुज्रिएको र किरा परेको खाद्यान्‍न बरामद दुई पाङ्ग्रेलाई पाँच र चार पाङ्ग्रेलाई २० लिटर इन्धन दिन प्रस्ताव ७० वर्षयताकै खराब खडेरी, आपतकालीन अवस्था घोषणा ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा दक्षिण चीन सागरमा १२ शव फेला विनोद शाही मृत्यु प्रकरणः सदरमुकाम निषेधित क्षेत्र घोषणा माओवादी केन्द्रको बैठक स्थगित श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ बाँडफाँट अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा चुम्बनसहित लिपस्टिकको छाप थियो बाबुरामले बोलाए समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक सीसीटीभी फुटेज डिलिट गर्नु अपराध हो : उपमहासचिव ज्ञवाली माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्काशन गर्ने मौसम : आज यी स्थानहरुमा वर्षाको सम्भावना पर्यटक तान्दै भूत छाँगा लाफा क्लबको प्रथम अधिवेशन, बबिनको अध्यक्षतामा नयाँ नेतृत्व चयन ‘बुटवल मण्डप’को नाम परिवर्तन गर्ने बुटवल उपमहानगरको निर्णय फिर्ता गर्न ७ राजनीतिक दलको माग