२१ असार २०७९, मंगलवार

Jul 5, 2022

बारा । कलैया उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको छ । गठबन्धनलाई हराएर एमालेका विनोद साह प्रमुख र रौशन प्रविन उपप्रमुखमा विजयी भएका हुन् ।

Advertisement

उपमहानगरको प्रमुखमा एमालेका उम्मेदवार विनोद साह २४ हजार १३९ मत ल्याएर पाएका छन् । उनले प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेस बाराका सभापति समेत रहेका राजेश राय यादवलाई ५ हजार ५९९ मतको फराकिलो मतान्तरले पराजित गरेका छन् । यादवले १८ हजार ५४० मत प्राप्त गरेका छन् ।

हाल पराजित यादवको २०७४ को स्थानीय तह निर्वाचनमा साहसँगै प्रतिस्पर्धा भएको थियो । त्यसबेला प्रमुख ,उपप्रमुख दुवैमा काँग्रेसले जितेको थियो । १८६ मतको अग्रतामा काँग्रेसका वर्तमान सभापतिसमेत रहेका यादव निर्वाचित भएका थिए ।

०७९मा त्यसको गतिलो मतका साथ यादव उनको पार्टी कांग्रेससाग एमालेका जिल्ला अध्यक्ष समेत रहेका साहले बदला लिएका छन् ।
यस्तै उपप्रमुखमा एमालेकी उम्मेदवार रौशन परविन विजयी भएकी छन् । परविनले १९ हजार २५१ मत प्राप्त गरेकी छन् ।

उनले साझा गठबन्धनका जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार प्रमोद गुप्तालाई पराजित गरेकी छन् । संविधानसभा सदस्य समेत रहेका गुप्ताले १८ हजार ३०२ मत पाएका छन् । उनी ९४९ ले पछाडि परेका छन् ।

परिवन मुस्लिम समुदायकी गृहिणी महिला हुन् भने गुप्ता २०६४ सालका संविधानसभा सदस्य तथा २०७४ का कलैया उपमहानगर प्रमुखका उम्मेदवार हुन् ।-इन्दिप कोइराला/न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

डुंगा डुब्दा १५ जना मछुवा बेपत्ता सुनको भाउ तोलामा १०० रुपैयाँले बढ्यो गोली देखाई छिमेकी तर्साउने एक जना पक्राउ काठमाडौँमा थप दुई जनामा हैजा बस दुर्घटना : नौ जनाको मृत्यु, २४ घाइते भैरहवा डान्सिङ सुपर स्टारको दोस्रो सिजन हुने डालिमार्टबाट म्याद गुज्रिएको र किरा परेको खाद्यान्‍न बरामद दुई पाङ्ग्रेलाई पाँच र चार पाङ्ग्रेलाई २० लिटर इन्धन दिन प्रस्ताव ७० वर्षयताकै खराब खडेरी, आपतकालीन अवस्था घोषणा ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा दक्षिण चीन सागरमा १२ शव फेला विनोद शाही मृत्यु प्रकरणः सदरमुकाम निषेधित क्षेत्र घोषणा माओवादी केन्द्रको बैठक स्थगित श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ बाँडफाँट अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा चुम्बनसहित लिपस्टिकको छाप थियो बाबुरामले बोलाए समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक सीसीटीभी फुटेज डिलिट गर्नु अपराध हो : उपमहासचिव ज्ञवाली माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा