२१ असार २०७९, मंगलवार

Jul 5, 2022

भैरहवा । रुपन्देहीका नवनिर्वाचित ८ पालिकाका जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् ।

Advertisement

रुपन्देहीको सिद्धार्थनगर सहित देवदह नगरपालिका, सियारी, शुद्धोधन, रोहिणी, मायादेवी, ओमसतिया र कञ्चन  गाउँपालिकाका नवनिर्वाचित प्रमुख/अध्यक्षहरूलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश धनसिंह महराले पद तथा गोपनीयताको शपथ दिलाउँदै प्रमाण पत्र प्रदान गरेका हुन ।

रहवामा आयोजित कार्यक्रमकामा महराले नवनिर्वाचित जनप्रतिनिधिहरू सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेल, मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरी, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, शुद्धोधनका अध्यक्ष विष्णु प्रसाद बस्याल, ओमसतियाका अध्यक्ष मञ्जित कुमार यादव, रोहिणीका अध्यक्ष विद्या प्रसाद यादव र कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाललाई शपथ ग्रहण गराए  ।

त्यस्तै पालिकाका निर्वाचित प्रमुख/अध्यक्षहरूले उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरूलाई शपथ ग्रहण गराएका छन् । कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत धनसिंह महराले सबैको सद्भाव र सहयोगले निर्वाचनका दौरान रुपन्देहीमा कुनै अप्रिय घटना नभएको बताए । उनले निर्वाचनमा कसैको जमिनदारीको हिसाबले प्राप्त हुने पद नभएको बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जनतालाई केन्द्रमा राखेर कानुनमा रही काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे । उनले जनताले अनुभूति गर्ने गरी भूमिका निर्वाह निर्वाह गर्न आग्रह गरे । मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीका सहायक निर्वाचन अधिकृत गोविन्द प्रसाद कोइरालाले राजनीतिक दल, सुरक्षाकर्मी, पत्रकार लगायतको सहयोगले निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताए । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

सुनको भाउ तोलामा १०० रुपैयाँले बढ्यो गोली देखाई छिमेकी तर्साउने एक जना पक्राउ काठमाडौँमा थप दुई जनामा हैजा बस दुर्घटना : नौ जनाको मृत्यु, २४ घाइते भैरहवा डान्सिङ सुपर स्टारको दोस्रो सिजन हुने डालिमार्टबाट म्याद गुज्रिएको र किरा परेको खाद्यान्‍न बरामद दुई पाङ्ग्रेलाई पाँच र चार पाङ्ग्रेलाई २० लिटर इन्धन दिन प्रस्ताव ७० वर्षयताकै खराब खडेरी, आपतकालीन अवस्था घोषणा ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा दक्षिण चीन सागरमा १२ शव फेला विनोद शाही मृत्यु प्रकरणः सदरमुकाम निषेधित क्षेत्र घोषणा माओवादी केन्द्रको बैठक स्थगित श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ बाँडफाँट अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा चुम्बनसहित लिपस्टिकको छाप थियो बाबुरामले बोलाए समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक सीसीटीभी फुटेज डिलिट गर्नु अपराध हो : उपमहासचिव ज्ञवाली माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्काशन गर्ने