२१ असार २०७९, मंगलवार

Jul 5, 2022

बुटवल । सैनामैनाका पुर्व प्रमुख तथा नेकपा एमालेका तर्फबाट प्रत्यासी चित्र बहादुर  कार्कीले जनसेवामा जुट्न आफूलाई कुनै कुराले वाधा नपुर्याउने उल्लेख गरेका छन् । यही वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन दलका तर्फबाट नगर प्रमुखमा निर्वाचित नेपाली काँग्रेसका फणेन्द्र शर्मासहित सम्पूर्य निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिँदै उनले यस्तो बताएका हुन ।

Advertisement

शुक्रबार सम्मपन्न मतगणनामा आफू प्रमुख पदमा पराजित भएपछि सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले पार्टी कार्यकर्ता जना जनतालाई निर्वाचनको परिणामलाई लिएर बिचलित नभई सहर्ष स्वीकार गर्नु पर्ने उल्लेख गरेका छन् । आफ्नो कार्यकालमा सुरु भएको समृद्ध नगर निर्माणका कामलाई आउने सरकारले निरन्तरता दिने उनको विश्वास रहेको छ । आफ्नो कार्यकालमा भएको प्रमुख प्रशासनिक भवन तथम वडाका भवन, स्वास्थ्य शिक्षाका सामुदायिक भवन, मुलुकमै लामो चक्रपथ लगायत गौरव गर्ने थुप्रै आयोजनाहरु प्रभावकारी रुपमा अगाडि बढेको उल्लेख गरेका छन् । समृद्ध सैनामैनाका लागि तय भएका आधारलाई साकार पार्ने काममा अब बन्ने नयाँ नगर सरकार केन्द्रित हुने भन्दै उनले विश्वास व्यक्त गरेका छन् । 

यस्तो छ उनको भनाई

आदरणीय सैनामैना निवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु
यही वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सैनामैना नगरपालिकाको प्रमुखको उम्मेदवारका रुपमा यहाँहरुले म र हाम्रो टिमप्रति दर्शाउनुभएको अपार माया, विश्वास र साथ–समर्थनका लागि आभार व्यक्त गर्दछु । लोकतान्त्रिक प्रतिष्पर्धामा विजय र पराजय स्वाभाविक विषय हुन् । परिणामलाई सहजतापूर्वक स्वीकार गर्दै म निर्वाचनमा विजय हासिल गर्नुहुने मित्र फणेन्द्र शर्मा सहित सबै वडाका अध्यक्षहरु, महिला सदस्य, दलित महिला सदस्य, खुलासदस्यसहित निर्वाचित सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

निर्वाचित र अनुभवी जनप्रतिनिधिका रुपमा यहाँहरुको निरन्तर सेवा गर्ने चाहना पूरा हुन नसकेपनि फिल्डमा रहेर जनसेवामा जुट्न कुनै कुराले वाधा पुर्याउने छैन । बरु सुन्दर र समृद्ध नगर बनाउने अभियानमा हाम्रो रचनात्मक सहयोग र सकारात्मक भूमिका नै रहने छ । निर्वाचनको परिणाम स्वीकार गर्दै उचित समयमा हामीले आन्तरिक समीक्षा गर्नेछौं र कारणहरु पहिल्याउने छौं । अहिले भने हामी सबै कमरेडहरुलाई रत्तिभर निराश नभइकन, एकताबद्ध भएर अगाडि बढ्न आग्रह गर्दछु । निर्वाचनमा अहोरात्र खट्ने सबै अग्रज कमरेडहरु, विभिन्न जिम्मेवारीमा रहनुभएका पार्टीका विभिन्न तह र तप्काका नेता कार्यकर्ताहरु, निरन्तर खटिनु हुने युवा स्वयंसेवक, कलाकार, सञ्चारकर्मी, मुलुकका विभिन्न ठाउँ र प्रवासलगायतबाट समेत दुःखकष्ट सहँदै उपस्थित भएर हामीलाई मत दिनु हुने आदरणीय मतदाता र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरु लगायत सबैप्रति आभार प्रकट गर्दछु ।

संविधान जारी भइसकेपछिको पहिलो स्थानीय सरकारको प्रमुखका रुपमा पाँच वर्ष सैनामैनाको नेतृत्वमा रहँदा हामीले सुरु गरेका आवधिक योजना पूरा भएको र दीर्घकालीन योजनाहरु प्रभावकारी रुपमा अगाडि बढेको कुरा विदित नै छ । यसअवधिमा हामीले आवश्यक कानुनी र संरचनागत व्यवस्थापन गर्दै सैनामैनालाई एउटा सुन्दर र समुन्नत सहर बनाउने बलियो आधार तयार पारेका छौं । प्रमुख प्रशासनिक भवनदेखि विभिन्न वडाका भवन, स्वास्थ्य शिक्षाका सामुदायिक भवन, मुलुकमै लामो चक्रपथ लगायतले गौरव गर्ने थुप्रै आयोजनाहरु प्रभावकारी रुपमा अगाडि बढेका छन् । समृद्ध सैनामैनाका लागि तय भएका आधारलाई साकार पार्ने काममा अब बन्ने नयाँ नगर सरकार केन्द्रित हुनेछ भन्ने विश्वास छ । निर्वाचित सम्पूर्ण जनप्रतिनिधिलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । धन्यवाद !                                
चित्रबहादुर कार्की
सैनामैना नगरपालिका

प्रतिकृया दिनुहोस्

Flash News

दुई पाङ्ग्रेलाई पाँच र चार पाङ्ग्रेलाई २० लिटर इन्धन दिन प्रस्ताव ७० वर्षयताकै खराब खडेरी, आपतकालीन अवस्था घोषणा ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा दक्षिण चीन सागरमा १२ शव फेला विनोद शाही मृत्यु प्रकरणः सदरमुकाम निषेधित क्षेत्र घोषणा माओवादी केन्द्रको बैठक स्थगित श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ बाँडफाँट अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा चुम्बनसहित लिपस्टिकको छाप थियो बाबुरामले बोलाए समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक सीसीटीभी फुटेज डिलिट गर्नु अपराध हो : उपमहासचिव ज्ञवाली माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्काशन गर्ने मौसम : आज यी स्थानहरुमा वर्षाको सम्भावना पर्यटक तान्दै भूत छाँगा लाफा क्लबको प्रथम अधिवेशन, बबिनको अध्यक्षतामा नयाँ नेतृत्व चयन ‘बुटवल मण्डप’को नाम परिवर्तन गर्ने बुटवल उपमहानगरको निर्णय फिर्ता गर्न ७ राजनीतिक दलको माग हिँड्दा-हिँड्दै एक महिलाको मृत्यु पाँच वर्षपछि रारा तालमा बिजुली