२१ असार २०७९, मंगलवार

Jul 5, 2022

भैरहवा । रुपन्देहीको गैडहवा गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष र उपाध्यक्ष दुबै विजयी भएका छन् । अध्यक्षमा सुरेन्द्र पौडेल ५ हजार ६ सय ३१ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका बसिउल्लाह मुसलमानले ४ हजार ३ सय ८८ मत ल्याए । यस्तै जनमत पार्टीका रामदेव यादवले ३ हजार ९ सय ८५ र जसपाका बछुलाल केवटले ३ हजार ८४ मत पाएका छन् ।

Advertisement

उपाध्यक्षमा एमालेकै माधुरी जैसवाल ४ हजार ७ सय ५७ मत ल्याई विजयी भएकी छन । उनले ४ हजार ६ सय ५९ मत पाएकी नेपाली कांग्रेसकी मन्जु न्यौपानेलाई पराजित गरेकी छन् । जनमत पार्टीकी नर्वदा लोधले उपाध्यक्षको लागि ४ हजार १ सय ३८ मत र जसपाकी रेनु चौधरीले ३ हजार २ सय ८० मत पाए ।

वडा नम्बर १ मा एमालेका प्रदिप कुमार चौधरी ९ सय १ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका निशार मुसलमान फकिरले ७ सय १४ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । वडा नम्बर २ मा जनमत पार्टीका सराजुद्धिन धुनिया ५ सय ७८ मत ल्याई विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी लोसपाका कडक बहादुर अहिरले ५ सय ६२ मत प्राप्त गरे ।

वडा नम्बर ३ मा गुलाब चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिएका राम अजोर यादव ५ सय १० मत सहित विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी जसपाका विरेन्द्र कुर्मीले ४ सय ५८ मत पाए । यस्तै वडा नम्बर ४ मा नेपाली कांग्रेसका सुरेन्द्र सिंह कुर्मि ५ सय ५५ मत ल्याई विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी जनमतका संगम कोहारले ४ सय २५ मत पाए ।

वडा नम्बर ५ मा कांग्रेसकै विजय कुमार शर्मा विजयी भएका छन । शर्माले ८ सय ६४ मत पाउदा उनका निकटतम प्रतिद्धन्द्धी एमालेका कृष्ण शंकर प्रसाद गुप्ताले ५ सय ३६ मत पाए । वडा नम्ब ६ मा कांग्रेसकै राजकुमार लोध ५ सय ८९ मत पाएर विजयी भएका छन । भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका ब्रम्हा यादवले ४ सय ८२ मत पाए ।

वडा नम्बर ७ मा जनमत पार्टीका लाल बहादुर यादव ७ सय १ मत सहित विजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका ठग बहादुर कँवरले ५ सय ७० मत पाए । यस्तै वडा नम्बर ८ मा एमालेका भुवन बहादुर राना मगर वडा अध्यक्षमा दोहोरिएका छन । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका बबर अली धुनियाले ५ सय ४४ मत पाए । वडा नम्बर ९ मा एमालेकी मिना क्षेत्री विजयी भएकी छन । क्षेत्रीले ५ सय ९६ मत पाउदा उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका टेक बहादुर बलालले ५ सय १२ मत पाए ।

प्रतिकृया दिनुहोस्

Flash News

दुई पाङ्ग्रेलाई पाँच र चार पाङ्ग्रेलाई २० लिटर इन्धन दिन प्रस्ताव ७० वर्षयताकै खराब खडेरी, आपतकालीन अवस्था घोषणा ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा दक्षिण चीन सागरमा १२ शव फेला विनोद शाही मृत्यु प्रकरणः सदरमुकाम निषेधित क्षेत्र घोषणा माओवादी केन्द्रको बैठक स्थगित श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ बाँडफाँट अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा चुम्बनसहित लिपस्टिकको छाप थियो बाबुरामले बोलाए समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक सीसीटीभी फुटेज डिलिट गर्नु अपराध हो : उपमहासचिव ज्ञवाली माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्काशन गर्ने मौसम : आज यी स्थानहरुमा वर्षाको सम्भावना पर्यटक तान्दै भूत छाँगा लाफा क्लबको प्रथम अधिवेशन, बबिनको अध्यक्षतामा नयाँ नेतृत्व चयन ‘बुटवल मण्डप’को नाम परिवर्तन गर्ने बुटवल उपमहानगरको निर्णय फिर्ता गर्न ७ राजनीतिक दलको माग हिँड्दा-हिँड्दै एक महिलाको मृत्यु पाँच वर्षपछि रारा तालमा बिजुली