२१ असार २०७९, मंगलवार

Jul 5, 2022

काठमाडौं । युगान्डाविरुद्धको चौथो ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा नेपाल १५ रनले विजयी भएको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण १८ ओभरमा घटाइएको खेलमा नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित ओभरमा आठ विकेट गुमाएर ८२ रनमात्र बनाउन सक्यो ।

Advertisement

युगान्डाकी जनेत एम्बाबाजीले सर्वाधिक २१ रन बनाइन् । यसबाहेक, रिता न्यान्गेन्डो र फियोना कुलुमेले समान १६ रन जोड्दा ओपनर केभिन अविनो ११ रनमा पभेलियन फर्किएकी थिइन् । बलिङमा नेपालकी हिरनमायी रोयले दुई विकेट लिइन् । तीन ओभर बलिङ गरेकी रोयले ११ रन खर्चिइन् । यस्तै, कप्तान रुविना क्षेत्री, अस्मिना कर्माचार्य र कविता कुँवरले एक एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको नेपाल  १७.५ ओभरमा सबै विकेट गुमाएर ९७ रनको योगफल तयार गरेको थियो । नेपालकी ओपनर ज्योति पाण्डेले सर्वाधिक १७ रनको बनाएकी थिइन् । उनले १३ बल खेल्दै ४ चौका प्रहार गरिन् । यस्तै, अर्की ओपनर विन्दु रावलले १६ रन जोडिन् । यस्तै, सिता राना मगर ११ रन जोडेर पभेलियन फर्किदा अन्य ब्याटरले दोहोरो रन बनाएका थिएनन् ।

युगान्डाकी कप्तान कोन्की अवेकोले सर्वाधिक र तीन विकेट लिएकी थिइन् । यस्तै, सहारा अकिटेङले दुई तथा जानेत बाबाजीले एक विकेट लिएका थिए । पाँच खेलको शृंखलामा लगातार तीन खेमा हार बेहोरेको नेपालले शृंखला गुमाइसकेको छ । नेपाल पहिलो खेलमा १२ रनले, दोस्रो खेलमा एक विकेटले र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो ।

शृंखलाको अन्तिम खेल शनिबार हुनेछ । नेपाली महिला टिमले पहिलो पटक घरेलु मैदानमा क्रिकेट शृंखला खेलेको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

दुई पाङ्ग्रेलाई पाँच र चार पाङ्ग्रेलाई २० लिटर इन्धन दिन प्रस्ताव ७० वर्षयताकै खराब खडेरी, आपतकालीन अवस्था घोषणा ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा दक्षिण चीन सागरमा १२ शव फेला विनोद शाही मृत्यु प्रकरणः सदरमुकाम निषेधित क्षेत्र घोषणा माओवादी केन्द्रको बैठक स्थगित श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ बाँडफाँट अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा चुम्बनसहित लिपस्टिकको छाप थियो बाबुरामले बोलाए समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक सीसीटीभी फुटेज डिलिट गर्नु अपराध हो : उपमहासचिव ज्ञवाली माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्काशन गर्ने मौसम : आज यी स्थानहरुमा वर्षाको सम्भावना पर्यटक तान्दै भूत छाँगा लाफा क्लबको प्रथम अधिवेशन, बबिनको अध्यक्षतामा नयाँ नेतृत्व चयन ‘बुटवल मण्डप’को नाम परिवर्तन गर्ने बुटवल उपमहानगरको निर्णय फिर्ता गर्न ७ राजनीतिक दलको माग हिँड्दा-हिँड्दै एक महिलाको मृत्यु पाँच वर्षपछि रारा तालमा बिजुली