Jul 5, 2022
भैरहवा । रुपन्देहीको मर्चवारी गाउँपालिकामा नेपाली कांग्रेसका ज्ञान प्रकाश मिश्रलाई हराउदै हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीका गया बरई विजयी भएका छन । नेपाली कांग्रेसबाट नै मर्चवारीको टिकट पाउने तिव्र चर्चामा रहेको बरई अन्तिम समयमा पार्टीबाट टिकट नपाएपछि जनता प्रगतिशील पार्टी प्रवेश गरेका थिए ।
गया बरईले ४ हजार ३ सय ८४ मत प्राप्त गरे भने पराजित उम्मेदवार ज्ञान प्रकाश मिश्रले ३ हजार २ सय ४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यस्तै उपाध्यक्षमा पनि जनता प्रगततिशील पार्टीकै आशा सिंह २ हजार ९ सय ६५ मत ल्याई विजयी भएकी छन । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसको सुमन यादवले २ हजार ४ सय ९ मत प्राप्त गरिन । वडा नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टीका कृष्ण कुमार सिंह ७ सय ६३ मत ल्याई विजयी घोषणा भए भने उनका निकटतम प्रतिद्धन्द्धी क्षेत्रिय सभापति समेत रहेका नेपाली कांग्रेसका मुकेश यादवले ७ सय ३७ मत प्राप्त गरे ।
वडा नम्बर २ मा लोसपाकै शशिदयाल चौधरी ९ सय ८३ मत सहित विजयी भए उनका निकटतम प्रतिद्धन्द्धी राप्रपाका सुरेन्द्रनाथ मिश्र ४ सय ७२ मतल ल्याए । वडा नम्बर ३ मा नेपाली कांग्रेसका जर्नादन यादव ५ सय ७७ मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी लोसपाका सन्तोष कुमार बरईले ४ सय ४८ मत पाए । वडा नम्बर ४ मा लोसपाका ओम प्रकाश चौधरी ४ सय ९४ मत सहित विजयी हुदा उनका निकटतम प्रतिद्धन्द्धी जसपाका अनिल यादवले ४ सय ६१ मत प्राप्त गरे ।
वडा नम्बर ५ मा जनता प्रगतिशील पार्टीका कृष्ण कुमार सिंह ५ सय ४४ मत ल्याई विजयी हुदा उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका नारद यादवले ४ सय ४४ मत पाए । वडा नम्बर ६ मा जनमत पार्टीका रामसेवक खरविन्द ६ सय ८७ मत ल्याइ विजयी हुदा उनका निकटतम प्रतिद्धन्द्धी जनता प्रगतिशील पार्टीका अमरनाथ कुर्मिले ६ सय ७९ मत पाए । वडा नम्बर ७ मा जनता प्रगतिशील पार्टीका गनेश चौधरी कुर्मि ४ सय ८७ मत ल्याई विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी लोसपाका मातीबर कोहारले ४ सय ७८ मत पाए ।
प्रतिकृया दिनुहोस्