ताजा अपडेट »

काठमाण्डौंमा बालेन करिब १२ हजार मतले अघि, यस्तो छ पछिल्लो मत परिणाम

शुक्रबार, ०६ जेठ २०७९, ०६ : २७
4 Shares

काठमाण्डौं । काठमाण्डौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले फराकिलो अग्रता कायमै राखेका छन् । 

पछिल्लोपटक प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार शाहले ११ हजार ९२८ मतान्तरका साथ आफ्नो अग्रता कायम राखेका हुन् । शाहले २५ हजार ४२७ मत प्राप्त गरेका छन् । एमालेका केशव स्थापितले १३ हजार ४९९ तथा नेपाली कांग्रेसकी सिर्जना सिंहले १२ हजार ८४२ मत प्राप्त गरेको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिए ।

एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले १९ हजार ९५६ मतका साथ आफ्नो अग्रता कायम राखेकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६  हजार ३१६ मत प्राप्त गरेका छन् ।

प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा अहिले वडा नम्बर ४, ६, ७, २८, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ। अहिले भएका सबै वडामा बालेनले अग्रता कायमै राखेका छन्। वडा नम्बर १, २, ३ र ५ को मत गणना भइसकेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।