२१ असार २०७९, मंगलवार

Jul 5, 2022

भैरहवा । रुपन्देहीमा जारी यु–१४ क्रिकेट प्रतियोगितामा सैनामैना र बुटवल टाईगर्स फाइनलमा पुगेको छ । मदन भण्डारीको स्मृतिमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही जिल्ला कमिटीको आयोजनामा भैरहवामा जारी लिग चरणको खेलमा नेट रनरेटको आधारमा बुटवल विजेता र सैनामैना उपविजेता बन्दै फाइनलमा पुगेको हो ।

Advertisement

सिद्धार्थ क्रिकेट रंगशालामा बिहीबार भएको खेलमा भैरहवाले सैनामैनालाई १० विकेट तथा बुटवल टाईगर्सले देवदहलाई २७ रनले पराजित गरेको हो । पहिलो खेलमा टस जितेर भैरहवाले ब्याटिङको निम्तो दिएपछि मैदान छिरेका सैनामैनाका ब्याट्सम्यानहरुले २४.५ ओभरमा सबै बिकेट गुमाएर १ सय २४ रनको लक्ष्य तयार गरेको थियो ।

जसमा रोहित विश्वकर्माले १९ रन, युवराज खत्रीले ३३ रन तथा सुसान्त थापाले १९ रनको योगदान दिएका थिए । कम स्कोरमा रोक्न असुतोष पाण्डेले ३ तथा कृष्ण बिक, बिनय जिसी र सुप्रित घिमिरेले समान २–२ बिकेट लिएका थिए । भैरहवाका ओपनर ब्याट्सम्यानहरु समिर अलि र सचिन जिसीले शानदार अर्धसतक पुरा गर्दै जित निकालेपनि रनरेटका आधारमा तेस्रो बन्दै प्रतियागिताबाट बाहिरियो । समिरले ६४  तथा सचिन जिसीले ५० रन जोडेका थिए । भैरहवाका समिर अलि खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि बुधबार नै भएको अर्को निर्णायक खेलमा बुटवलले टस जितेर ब्याटिङको निर्णय गर्दै पुरै २५ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ४८ रनको लक्ष्य खडा गरेको थियो । शुरुवाती ब्याट्सम्यानहरुले खराब शुरुवात गरेपनि मध्यक्रममा ब्याट्सम्यानहरुले ब्याटिङ सुधारे । बुटवलका लक्ष्मण कुमालले ६५ रन तथा सुभम खनालले २५ रन जोडेका थिए । यसैगरि सुजन रानाभाटले २२ रनको योगदान दिए । देवदहका स्वस्तिक पराजुली १ विकेट लिएका थिए ।

मध्यम लक्ष्य पछ्याएको देवदहका ब्याट्सम्यान पुरै २५ ओभर खेल्दै ९ विकेट खेल्दै १ सय २१ रनमा रोकियो । देवदहका निराजन भट्टराईले ४० रनको नटआउट पारी खेलेका थिए । यसैगरि मनिष तिवारीले १८ र सुगम फूल्देलले १२ रनको योगदान दिएका थिए । बुटवलका सुभम खनालले ३ तथा अरिफ खानले २ विकेट लिएका थिए । खेलमा बुटवलका लक्ष्मण कुमाल म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

रुपन्देहीका करीब एक सय खेलाडीहरुलाई ट्यालेन्ट हन्टमार्फत छनौट गरि ६४ जना खेलाडीहरुको ४ टिम विभाजन गरि २५ ओभरको लिग प्रतियोगिता गरिएको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश क्रिकेट बिभाग प्रमुख शक्ति गौचनले बताए । शुक्रबार फाईनल खेल हुने उनले बताए ।
 

प्रतिकृया दिनुहोस्

Flash News

भैरहवा डान्सिङ सुपर स्टारको दोस्रो सिजन हुने डालिमार्टबाट म्याद गुज्रिएको र किरा परेको खाद्यान्‍न बरामद दुई पाङ्ग्रेलाई पाँच र चार पाङ्ग्रेलाई २० लिटर इन्धन दिन प्रस्ताव ७० वर्षयताकै खराब खडेरी, आपतकालीन अवस्था घोषणा ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा दक्षिण चीन सागरमा १२ शव फेला विनोद शाही मृत्यु प्रकरणः सदरमुकाम निषेधित क्षेत्र घोषणा माओवादी केन्द्रको बैठक स्थगित श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ बाँडफाँट अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा चुम्बनसहित लिपस्टिकको छाप थियो बाबुरामले बोलाए समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक सीसीटीभी फुटेज डिलिट गर्नु अपराध हो : उपमहासचिव ज्ञवाली माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्काशन गर्ने मौसम : आज यी स्थानहरुमा वर्षाको सम्भावना पर्यटक तान्दै भूत छाँगा लाफा क्लबको प्रथम अधिवेशन, बबिनको अध्यक्षतामा नयाँ नेतृत्व चयन ‘बुटवल मण्डप’को नाम परिवर्तन गर्ने बुटवल उपमहानगरको निर्णय फिर्ता गर्न ७ राजनीतिक दलको माग