२१ असार २०७९, मंगलवार

Jul 5, 2022

काठमाण्डौं । स्थानीय तहको निर्वाचनमा अहिलेसम्मको परिणामअनुसार महिला नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार अहिलेसम्म १७८ नगरपालिकामा प्रमुखमा निर्वाचित भएकामा नेपाली कांग्रेसबाट नगरप्रमुखमा दुई जना र नेकपा (एमाले)बाट तीन महिला मात्र नगरप्रमुखमा निर्वाचित भएका छन्। 

Advertisement


यस्तै ४०७ गाउँपालिकाको अध्यक्षमध्ये कांग्रेसबाट चार, एमालेबाट चार र नेकपा (माओवादी केन्द्र)बाट तीन जना महिला निर्वाचित भएका छन् । यस्तै कूल १७७ नगर उपप्रमुखमध्ये महिला १४० जना निर्वाचित भएका छन्। तीमध्ये कांग्रेसबाट ५६, एमालेबाट ६०, माओवादी केन्द्रबाट १०, नेकपा (एकीकृत समाजवादी)बाट पाँच र जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट तीन जना नगर उपप्रमुखमा निर्वाचित भएका छन् । 

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बाट र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दुई/दुई जना, नेपाल मजदुर किसान र नागरिक उन्मुक्ति पार्टीबाट एक÷एक जना उपप्रमुखमा निर्वाचित भएका छन् । 

यसैगरी ४०६ गाउँपालिका उपाध्यक्षमध्ये २८९ जना महिला निर्वाचित भएका छन् । कांग्रेसबाट १२६, एमालेबाट ९८, माओवादी केन्द्रबाट ४४, जसपाबाट ११, नेकपा (एकीकृत समाजवादी)बाट दुई, लोसपाबाट तीन, राप्रपाबाट दुई तथा नागरिक उन्मुक्ति, जनमत पार्टी र विवेकशील साझा पार्टीबाट एक÷एक जना गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका छन्। -रासस

प्रतिकृया दिनुहोस्

Flash News

बस दुर्घटना : नौ जनाको मृत्यु, २४ घाइते भैरहवा डान्सिङ सुपर स्टारको दोस्रो सिजन हुने डालिमार्टबाट म्याद गुज्रिएको र किरा परेको खाद्यान्‍न बरामद दुई पाङ्ग्रेलाई पाँच र चार पाङ्ग्रेलाई २० लिटर इन्धन दिन प्रस्ताव ७० वर्षयताकै खराब खडेरी, आपतकालीन अवस्था घोषणा ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा दक्षिण चीन सागरमा १२ शव फेला विनोद शाही मृत्यु प्रकरणः सदरमुकाम निषेधित क्षेत्र घोषणा माओवादी केन्द्रको बैठक स्थगित श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ बाँडफाँट अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा चुम्बनसहित लिपस्टिकको छाप थियो बाबुरामले बोलाए समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक सीसीटीभी फुटेज डिलिट गर्नु अपराध हो : उपमहासचिव ज्ञवाली माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्काशन गर्ने मौसम : आज यी स्थानहरुमा वर्षाको सम्भावना पर्यटक तान्दै भूत छाँगा लाफा क्लबको प्रथम अधिवेशन, बबिनको अध्यक्षतामा नयाँ नेतृत्व चयन