२१ असार २०७९, मंगलवार

Jul 5, 2022

फाइल तस्वीर

अर्घाखाँची । अर्घाखाँची सहित देशैभर वैशाख ३० गते स्थानीय तहको तहको निर्वाचन सम्पन्न भयो । देशका कतिपय स्थानहरुमा अझैपनि मतगणना जारी छ, अर्घाखाँची जिल्लामा भने मतगणना सकिएको छ ।

Advertisement

जारी मतगणनामा देशभर एमाले कमजोर देखियो । तर अर्घाखाँचीमा भने एमालेले शानदार नतिजा हात पारेको छ । ६ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक हुँदा एमाले एक्लैले दुई गाउँपालिका सहित एक नगरपालिका जितेको छ भने एक नगरपालिकामा उपप्रमुख र एक गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र नेपाली काँग्रेसको तालमेल विरुद्द केवल एउटा पालिका जितेको एमालेले यो पटक आफू ईतरको सवै शक्तिसंग एक्लै प्रतिष्प्रधा गर्दापनि शानदार जित हात पारेपछि अर्घाखाँची तरंगित भएको छ । अझ हारेका ठाउँमा समेत एमाले केही सय मतले मात्र पराजित भएको छ । भने ६१ वडा मध्ये ३० वडा आफ्नो पक्षमा ल्याउन सफल भएको छ ।

टोप बहादुर रायमाझीको संघर्ष 

स्थानिय तहको चुनावको मिति घोषणा भएदेखी नै टोपबहादुर रायमाझीले अर्घाखाँची छोडेनन । आफ्नो भावी संघिय संसदको चुनावको रिहर्सलको रुपमा रायमाझीले यो निर्वाचनलाई दिलो ज्यान दिएर उपयोग गरे । कतिपयले यो निर्वाचनमा हार ब्यहोर्नुपर्ने अवस्थालाई रायमाझीको संघीय संसदको पराजयको रुपमा व्याख्या गरे । जसका कारण पनि रायमाझी स्वयंको लागि यो निर्वाचन प्रतिष्ठाको विषय बन्यो ।

माओवादीमा रहेकाहरुलाइ एमालेमा फर्काउनेदेखि लिएर अन्य पार्टीमा रहेकाहरुलाइ एमाले भित्राउन रायमाझीले कठिन संघर्ष गरे । यसविचमा रायमाझीले हजारौँलाई पार्टी प्रवेश गराए । उनका पुराना सहकर्मीहरु नै विश्लेषण गर्थे “ रायमाझीले यत्ति मेहनत माओवादीमा गरको भए माओवादी नै जिल्लाको पहिलो शक्ति बन्थ्यो ।“

कतिपयले रायमाझी मन्त्री पदको लागि एमालेमा गएको टिप्पणी गरे, कतिपयले माओवादीको भविश्य नदेखेर ट्याक परिवर्तन गरेको आरोप लगाए । कतिपयले रायमाझीलाई अवसरवादीको रुपमा चित्रण गरे । तरपनि रायमाझी विचलित भएनन कठोर परिश्रम पछि एमालेलाई पहिलो शक्ति बनाए ।

एमालेको चुस्त संगठन, उम्मेदवार चयनमा कुशलता

उम्मेद्वार चयनताका एमालेमा छिटफुट विरोध देखिएको थियो । सतहमा समेत देखिएका केही असन्तुष्टीहरुलाई एमालेले यति कुशलताका साथ निवारण गर्याे अनि एमाले एकढिक्का भएर निर्वाचनमा होमियो ।  जसका कारण एमालेको असन्तुष्टीमा खेल्ने विपक्षीको सपना चकनाचुर भयो ।

एकढिक्का बनेको एमालेले विपरित शक्तिको अन्तरसंघर्षमा पनि मज्जाले खेल्यो । खासगरि उम्मेदवारी चयनको क्रममा नेपाली काँग्रेसमा देखिएको असन्तुष्टी क्यास गरेर अगाडि बढ्न सफल हुनुलाइ नै जितको मुख्य आधार देख्छन केहि विश्लेषकहरु । अझ सिंगो अर्घाखाँचीको एमालेलाई आफ्नो नियन्त्रणमा राख्न सफल पुर्व मन्त्री समेत रहेका केन्द्रीय सदस्य चेतनारायण आचार्य पनि यो सफलता प्राप्तीको हकदार रहेको विश्लेकहरु बताउने गरेका छन् । त्यस्तै एमालेको चुस्त संगठन पनि यो सफलता प्राप्तीको कारण रहेको  वताईन्छ । जसका कारण एमाले अनेक संघर्ष चिर्दै पहिलो शक्ति बन्न सफल भएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

बस दुर्घटना : नौ जनाको मृत्यु, २४ घाइते भैरहवा डान्सिङ सुपर स्टारको दोस्रो सिजन हुने डालिमार्टबाट म्याद गुज्रिएको र किरा परेको खाद्यान्‍न बरामद दुई पाङ्ग्रेलाई पाँच र चार पाङ्ग्रेलाई २० लिटर इन्धन दिन प्रस्ताव ७० वर्षयताकै खराब खडेरी, आपतकालीन अवस्था घोषणा ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा दक्षिण चीन सागरमा १२ शव फेला विनोद शाही मृत्यु प्रकरणः सदरमुकाम निषेधित क्षेत्र घोषणा माओवादी केन्द्रको बैठक स्थगित श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ बाँडफाँट अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा चुम्बनसहित लिपस्टिकको छाप थियो बाबुरामले बोलाए समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक सीसीटीभी फुटेज डिलिट गर्नु अपराध हो : उपमहासचिव ज्ञवाली माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्काशन गर्ने मौसम : आज यी स्थानहरुमा वर्षाको सम्भावना पर्यटक तान्दै भूत छाँगा लाफा क्लबको प्रथम अधिवेशन, बबिनको अध्यक्षतामा नयाँ नेतृत्व चयन