ताजा अपडेट »

पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई

विहीबार, ०५ जेठ २०७९, १७ : २७
6 Shares

भैरहवा । सिद्धार्थनगर नगर पालिकाले प्रदान गर्ने पत्रकारिता पुरस्कार २०७८ बाट भैरहवाका ३ पत्रकार पुरस्कृत भएका छन । भैरहवाका पत्रकार रविन्द्र प्रताप गुप्ता, प्रकाश न्यौपाने र चेतन पन्त जनही २५ हजारसहित कदर पत्रद्वारा पुरस्कृत गरिएको हो । पत्रकारिता क्षेत्रमा निरन्तर योगदान पुर्‍याएको भन्दै भैरहवाका ३ पत्रकारलाइ पुरस्कृत गरिएको हो ।

पत्रकार चेतन पन्त हाल उपचारको क्रममा भारतमा रहेका हुँदा उनको सट्टा नगरपालिकाका प्रेस सल्लाहकार शंकर पाण्डेले पुरस्कार बुझेका थिए । नगर प्रमुख हरि प्रसाद अधिकारी, उप–प्रमुख उमा काफ्ले, प्रमुख प्रशासकिय अधिकृत तुलसीराम मरासिनीले पत्रकारिता पुरस्कार बितरण गरेका थिए । पुरस्कार बितरण कार्यक्रममा बोल्दै नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसी राम मरासिनीले पत्रकारीता, साहित्य, खेलकुद लगायतमा अक्षयकोष स्थापना गरि यस्ता सम्मान एवम पुरस्कारका कामलाइ आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

उनले पहिलो पटक सिद्धार्थनगर नगर पालिकाले अक्षयकोष स्थापना गरेर अगाडि बढेको बताए । यस्तै उप-प्रमुख उमा काफ्लेले पत्रकारीता पेशा कष्टदायी पेशा रहेकोले पत्रकारलाइ उत्प्रेरित गर्न पुरस्कृत गरिएको बताइन । उनले पुरस्कार पहिले नै दिने निर्णय भए पनि निर्वाचनको कारण बितरणमा केही ढिलाइ भएको बताइन । नगर प्रमुख हरि प्रसाद अधिकारीले नगरपालिकाले गरेका त्रुटि औल्याउन र यस बारे नगरपालिकालाई सावधान बनाउन आवश्यक रहेको बताए ।

उनले यो क्रम आगामी दिनमा पनि निरन्तरता दिनु पर्ने औल्याए । कोविडको महामारीको दौरान पत्रकारहरुले उत्कृष्ट काम गरेको उनले बताए । उनले अब थप खरो तरिकाले कलम चलाउन पत्रकारहरुलाइ आग्रह गरे । उनले अब सिद्धार्थनगर नगर पालिकालाई पर्यटकीय नगर बनाउनका लागि सहयोग हुने गरि पहल गरिदिन आग्रह गरे । नगरपालिकाले उत्कृष्ट पत्रकार चयन गर्न पत्रकार कुलमणी ज्ञवालीको संयोजकत्वमा पत्रकार शंकर पाण्डे, दिपेस पछाइ, नरेश केसी र यादव प्रसाद सापकोटा सदस्य रहेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।