ताजा अपडेट »

सेयर बजार २३ अंकले ओरालाे

विहीबार, ०५ जेठ २०७९, १७ : १२

काठमाडाैं । सेयर बजार नेप्सेमा बिहीबार २३ अंकले ओरालाे लागेकाे गिरावट आएको छ । बुधबार पनि ८ अंकले ओरालाे लागेकाे नेप्से परिसूचक बिहीबार २३ दशमलव ५१  अंकले ओरालाे लागेकाे हाे । नेप्सेको सेन्सेटिभ इन्डेक्स ३ दशमलव ८८  अंकले घटेर  ४ सय ३७ दशमलव २१ अंकमा पुगेको छ। बिहीबार नेप्से बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा ओरालाे लागेकाे छ ।  

बजारमा १८३ कम्पनीका लगानीकर्ताले ठूलो रकम गुमाएका छन् भने ३१ कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् । बिहीबार नेप्सेमा २१९ कम्पनीको ३७ लाख ९८ हजार २६३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३० करोड ९ लाख ८१ हजार रुपैया बराबरको कारोबार भएको छ ।बिहीबारकाे कारोबार रकम बुधबारभन्दा २ करोड ५४ लाखले कमी आएको हो । नेप्सेमा बुधबार १ अर्ब ३२ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। 

नेप्से बजारमा मिचुअल फन्टमा लगानीकर्ताबाहेक अधिकांश सेक्टरका लगानी कर्ताले गुमाएका छन् । मिचुअल फन्ट सेक्टरमा शून्य दशमलव ११ अंकको झिनो सुधार आउँदा लाइफ इन्स्योरेन्सको सेक्टरमा १७२ अंकले र नन् लाइफ इन्स्योरेन्सको सेक्टरमा १४३ अंकले ओरालाे आउँदा अन्य सेक्टरमा १०० अंकमुनिको गिरावट आएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।