ताजा अपडेट »

सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो

विहीबार, ०५ जेठ २०७९, १६ : ५०
4 Shares

परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ। यसअघि त्यहाँ एमालले दुवै पद जितेको थियो। निर्वाचित अध्यक्ष टेकनारायण उपाध्यायले एमालेका रामप्रसाद पाण्डेलाई २ सय ७५ मत अन्तरले पराजित गरे। उपाध्यायले ६२ सय ७० ल्याउँदा पाण्डेले ५९ सय ९८ मत ल्याएका छन्।

उपाध्यक्षमा गीता चौधरीले इन्द्रकुमारी थरुनीलाई ६ सय २१ मत अन्तरले पराजित गर्दै विजयी भइन्। गिताले ६६ सय ५ ल्याउँदा इन्द्रकुमारीले ५९ सय ८४ मत ल्याएकी छन्। ५ वटा वडा रहेको पालिकामा वडा नं। १ मा नेपाली कांग्रेसका अशोककुमार चौधरी विजयी भएका छन्। वडा नं। २ मा एमालेका कृष्णलाल मुखिया र वडा नं। ३ मा एमालेका हरिलाल दुषाद वडाध्यक्षमा विजयी भएका छन्। वडा नं। ४ मा नेपाली कांग्रेसका नलीबहादुर गुरुङ र वडा नं। ५ मा नेपाली कांग्रेसका प्रभुनाथ अहिर वडाध्यक्षमा विजयी भएका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।