ताजा अपडेट »

काठमाडौंमा स्थापितभन्दा बालेन १० हजार बढी मतले अगाडि

विहीबार, ०५ जेठ २०७९, १५ : ३७
8 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणनामा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । बिहीबार दिउँसो ३ बजेको नतिजा अनुसार साहले २१ हजार २८५ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका केशव स्थापितले ११ हजार २६१ मत मात्र पाएका छन् । त्यस्तै गठबन्धनका उम्मेदवार सिर्जना श्रेष्ठले १० हजार ५३२ मत पाएर तेस्रो स्थान बनाएकी छन् ।

उपमेयरतर्फ एमालेकी सुनिता डंगोलले २० हजार ८८८ र नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ७ हजार ३३१ मत पाएका छन् । महानगरमा हालसम्म १ देखि ५ वडाको घोषणा भइसकेको छ । हाल वडा नम्बर ६,७,८ र २७ देखि ३२ वडाको गणना जारी छ । हालसम्म ५६ हजार ४६१ मत गणना भएको छ । जसमा २ हजार १२९ मत बदर भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।