ताजा अपडेट »

बुटवल-११ को मतगणना रोकियो

विहीबार, ०५ जेठ २०७९, १० : ५०
6 Shares

बुटवल । सबैको चासो र ध्यान केन्द्रित रहेको बुटवल उपमहानगरपालिका–११ को मतगणना रोकिएको छ । मतपेटिका खोल्ने क्रममा सिल चुडिएको र स्वस्तिक छाप भेटिएपछि मतगणना रोकिएको हो । सिल चुडिएको भए पनि सिल मतपेटिकाको कपडामा भएको निर्वाचन अधिकृत लेखनाथ पौडेलले बताए ।

सिल चुडिदैँमा मत पत्रमा असर नगर्ने भएकाले राजनीतिक दलहरुलाई मिलेर आउन आग्रह गरेको निर्वाचन अधिकृत पौडेलले बताए । ‘मत पेटिका खोल्ने क्रममा सिल चुडिएको भेटिए पछि अहिले मतगणना रोकिएको छ । सिल चुडिँदैमा मतपत्रमा कुनै असर हुँदैन् । चुडिएको सिल कपडामा भेटिएको छ ।’–उनले भने । वडा नम्बर ११ को मतगणना रोकिए पनि अन्य वडाको मतगणना भने जारी रहेको निर्वाचन अधिकृत पौडेलले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।