ताजा अपडेट »

रुपन्देहीको कञ्चनमा कांग्रेसका ढकाल विजयी

मंगलबार, ०३ जेठ २०७९, २२ : ०७
10 Shares

भैरहवा । रुपन्देहीको कन्चन गाउँपालिकामा नेपाली कांग्रेसका नवराज ढकाल निर्वाचित भएका छन् । उनले नेकपाका दिनानाथ आचार्यलाई पराजित गरेका हुन् । ढकालले ९ हजार ८५ मत प्राप्त गरि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी आचार्यले ७ हजार ८ सय ४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यससंगै कन्चन रुपन्देहीमा नतिजा सार्वाजनिक गर्ने पहिलो पालिका बनेको छ । उपाध्यक्षमा कांग्रेसकै मौसमी थापा मगर ९ हजार १ सय ९४ मत ल्याइ विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी ओमकली रहाडीले ७ हजार ६ सय ९९ मत प्राप्त गरेकी छिन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।