ताजा अपडेट »

बालेन र सुनिता हजारौं मतले अगाडि

मंगलबार, ०३ जेठ २०७९, २२ : २९
16 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले सुरुवाती अग्रतालाई कायमै राखेका छन् । बालेन १२ हजार ८९२ मतका साथ चुनावी प्रतिस्पर्धामा छन् ।

बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा ६००७ मतले अगाडी छन् । स्थापित बालेनलाई ६ हजार ८८५ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उमेदवार सिर्जना सिंहले ६ हजार १०९ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलले १२ हजार १५७ मत पाएकी छन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ ३ हजार ६१४ र राप्रपाकी विनिता मगैयाले २६२८ मतका साथ प्रतिस्पर्धामा छन् ।

यो समाचार तयार पार्दासम्म काठमाडौं महानगरको वडा नम्बर १ र २ को मतगणना सकिएको छ । दुवै वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अहिले वडा नम्बर ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ को मत गणना सकिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।