ताजा अपडेट »

उम्मेदवारको मृत्युपछि स्थगित तुलसीपुर उपमहानगर-१७ मा मँगलबार मतदान सम्पन्न

मंगलबार, ०३ जेठ २०७९, २० : ३५
10 Shares

दाङ । तुलसीपुर उपमहानगरपालिका-१७ मा ४ हजार ३३९ मत खसेको छ। उक्त वडामा ६ हजार १७० मतदाता थिए। वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधनका कारण गत वैसाख ३० गते स्थगित भएको तुलसीपुर-१७ मा मंगलबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ।

मतदान स्थलमा ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त, बिरामी तथा सुत्केरीहरूलाई बिना लाइन मतदानको व्यवस्था गरिएको थियो। दिनभर वडाका दुई वटा बुथमा वडाध्यक्षका उम्मेदवार मात्र नभएर सबै राजनीतिक दलका मेयर तथा उपमेयरका उम्मेदवारहरू तथा जिल्लाका अन्य वडाका राजनीतिकर्मीको समेत बाक्लो उपस्थिति देखिएको थियो।

त्यसैगरी निर्वाचन सुरक्षित एवं भयरहित प्रमुख बनाउन निर्वाचन सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी प्रमुख सुरेश काफ्ले, अनुसन्धान प्रमुख, नेपाली सेनाका वाहिनी प्रमुख, सशस्त्र प्रहरी प्रमुखलगायत इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी श्याम अर्यालसहितको टोलीले व्यापक सुरक्षा प्रबन्ध मिलाएको थियो।

नेपाली कांग्रेस, नेकपा एमाले तथा स्वतन्त्र उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। मतदान प्रक्रियामा वडाध्यक्षका प्रत्यासीहरूमा नेपाली कांग्रेसका थलराज पुरी, एमालेका प्रदिप चौधरी र स्वतन्त्रका डिल्लीराज शर्मा रहेका छन्। जनकल्याण माध्यमिक विद्यालय दुधरास बुथबाट १ हजार ९ सय २५ जनाले मतदान गरेका थिए भने दिपेन्द्र माध्यमिक विद्यालय मानपुर बुथबाट २ हजार ४ सय १४ जनाले मतदान गरेको त्यहाँका निर्वाचन अधिकृतहरूले जनाएका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।