ताजा अपडेट »

लुम्बिनीको घोराही उपमहानगरमा एमालेको अग्रता कायमै, ४०११ को मतान्तर

मंगलबार, ०३ जेठ २०७९, २० : २८
2 Shares

दाङ । घोराही उप-महानगरपालिकाको जारी मत गणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ । स्थानीय तह निर्वाचन अन्तरगत वैशाख ३० गते सम्पन्न निर्वाचनको मत गणनामा मेयर पदका उम्मेद्वार एमालेका नरुलाल चौधरीले सूर्य चिन्हमा २२०६३ मतकासाथ अग्रता कायम राखेका छन् ।

चौधरीले ४ हजार ११ मतकासाथ अघि रहेका छन् । जारी मत गणनामा ५३१२६ मत गनेर सकिदा नेकपा माओवादी केन्द्रका हेमराज शर्माले हँसिया हथौडा चिन्हमा १८०५२ मत पाप्त गरेका छन् । यसैगरी उप-प्रमुख पदमा एमालेकी हुमा कुमारी डिसीले १९८४३ मत प्राप्त गरेकी छन् । नेपाली काँग्रेसका भुपबहादुर डाँगीले १९०२२ मत प्राप्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।