ताजा अपडेट »

निर्वाचनमा धाँधली भयो: एमाले उपाध्यक्ष ज्ञवाली

मंगलबार, ०३ जेठ २०७९, १४ : ४९
4 Shares

दाङ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अहिलेको स्थानीय तहको निर्वाचनमा केही ठाउँमा धाँधली पूर्ण निर्वाचन भएको बताए । मंगलबार तुलसीपुर उपमहानगरपालिका १७ दिपेन्द्र मावि मानपुरमा रहेको मतदान केन्द्रमा मतदान गर्ने क्रममा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताए ।

उनले अहिलेको निर्वाचनमा सबै ठाउँमा नभई केही ठाउँमा ज्यादती पूर्ण काम भएको र धाँधली भएको भन्दै केही बुथहरूमा आफ्नो दलका मतदाताहरू मत हाल्न दिइएको र अन्य दलकालाई रोक्न काम भएको आरोप लगाए । यस्तै उनले अहिलेको नतिजामा एमाले दोस्रो स्थानमा आएको भएयता पनि अहिलेसम्म अन्तिम परिणाम नभएको भन्दै जस्तो आउँछ, त्यसैलाई स्वीकार गरेर जानु पर्ने धारणा व्यक्त गरे ।

गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मतदाताहरू उत्साहजनक रुपमा आएको र तुलसीपुर १७ मा वडाध्यक्ष पदका उम्मेदवारको निधन भएपछि जेठ ३ गते निर्वाचन हुन लागेको र बिहानै देखि मतदाताहरू उत्साहजनक रुपमा आएको पनि उनको भनाइ थियो।

उनले एमालेले लोकतान्त्रीक प्रकृयालाई विश्वास गर्ने पार्टी भएको भन्दै जनताको विश्वासको आधारमा मात्र सत्ता जाने भन्दै जनताले विश्वास नगरे बाहिर प्रतिपक्षमा बसेर जनता र देशको सेवा गर्ने आफूहरूको सिद्धान्त भएको पनि बताए र त्यस्तै सरकारले ल्याउन लागेको बजेटका बारेमा आफूहरूले पार्टीमा छलफल गर्दै आएको र सांसदको बैठक बसेपछि कसरी जाने भन्ने बारेमा निर्णय गर्ने पनि उनको भनाइ थियो ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी