ताजा अपडेट »

भरतपुरमा रेनु विजय सुवेदी भन्दा ५९ मतले अघि

मंगलबार, ०३ जेठ २०७९, १० : २६
8 Shares

चितवन । चितवनकाे भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मदेवार रेनु दाहालले अग्रता कायम गरेकी छन् ।पछिल्लाे मतगणनाअनुसार माओवादी केन्द्रकी नेतृ रेनु दाहालले ५ हजार ९४७ मत पाएकी छन् ।

एमाले उम्मेदवार विजय सुवेदी ५ हजार ८८८ मतका साथ पछ्याइरहेका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्‍नाथले २ हजार ९०५ मत पाएका छन् ।भरतपुरमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीकाे गठबन्धनबाट रेनु तथा एमाले र राप्रपा गठबन्धनबाट विजय मेयरका उम्मेदवार छन् ।

उपमेयरमामा कांग्रेसका चित्रसेन अधिकारी ७ हजार २५७ मतसहित अगाडि छन् । उनलाई राप्रपाका हिमला गुरुङ ४ हजार ८२२ मतसहित पछ्याइरहेका छन्

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।