ताजा अपडेट »

ललितपुर महानगरमा चिरिबाबुकाे फराकिलाे अग्रता

मंगलबार, ०३ जेठ २०७९, ०९ : ३०
22 Shares

ललितपुर । ललितपुर महानगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलाे अग्रता बनाएका छन् । पछिल्लाे पटक १३ हजार २१६ मतगणना गर्दा चिरिबाबुले ७ हजार ४१० मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण ब्यन्जन्कारले ३ हजार १९२ मत मात्र ल्याएका छन् ।

उपमेयरमा भने एमालेकी मन्जली शाक्य ३ हजार ८०० मतसहित अगाडि छन् । माओवादीबाट उपमेयर उम्मेदवार बाबुराज बज्राचार्यले २ हजार ३२६ मत मात्र पाएका छन् । यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।