ताजा अपडेट »

देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस ४४४ मत पछाडी

मंगलबार, ०३ जेठ २०७९, ०७ : ३५
2 Shares

बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा नेकपा एमालेले अग्रतालाई कायम राखेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन अन्तरगत २१९०० मत गनेर भ्याउँदा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार धुर्व खरेल ४४४ मतले अघि छन् ।

पछिल्लो मत परिणाम अनुसार मेयर पदका लागि सूर्यको ७३०१ मत रहेको छ भने रुखमा ६८५७ र हलोमा ३१२५ मत प्राप्त भएको छ । यसैगरि उपप्रमुखमा सूर्य ७७८४, हसिया  हथौडा ४१८४ र हलो २७०० रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।