ताजा अपडेट »

बालेनले बनाए साढे ४४ सयको मतान्तर

मंगलबार, ०३ जेठ २०७९, ०७ : २६
4 Shares

काठमाण्डौं । काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले ४ हजार ४५७  मतान्तर बनाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार शाहले ९ हजार ६१४ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ५ हजार १५७ मत पाएका छन् । 

कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४७७ मत पाएकी छन् । उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल भारी मतका साथ अगाडि छन् । उनले ९ हजार ४२१ मत पाउँदा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार ६६४ मत पाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।