ताजा अपडेट »

बुटवलमा कांग्रेसका पाण्डे र एमालेका भट्टराईबीच करिब ३ हजार मतको फरक

सोमबार, ०२ जेठ २०७९, २३ : ३८
4 Shares

बुटवल । रुपन्देहीको बुटवल उपमहानगर प्रमुखमा गठबन्धनका तर्फबाट उम्मेद्वार रहेका कांग्रेसका खेलराज पाण्डेले मतान्तर निरन्तर बढाउँदै आएका छन् । पछिल्लो घोषणाअनुसार जम्मा १७ हजार ४ सय ३९ मत गणना गर्दा उनले ८ हजार ७ सय ९३ मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका बाबुराम भट्टराइले ५ हजार ८ सय ५३ मत प्राप्त गरेका छन् । उनलाई २९ सय ४० को मतान्तरले पछि पार्दै पाण्डेले जीतको दावी बढाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।